२०८१ वैशाख ८ गते | 20th of April 2024

काम नलाग्ने सबै पर्यटन दुतहरु खारेज गर्छौं : पर्यटनमन्त्री अधिकारी

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २६ गते ११:०१

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न देशमा रहेका नेपालीहरुलाई बनाईएको पर्यटन दुतहरु अब खारेज गर्ने बताएका छन् ।

सोमबार साँझ जनता जान्न चाहँन्छन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,’कामै नलाग्ने दुत बनाएरपनि हुन्छ त, ती सबै खारेज हुन्छन् ।’ त्यस्तै उनले राजदुत पनि चाँडै नियुक्ती हुने जनाए । उनले भने, ‘राजदुत नियुक्तीको लागि नयाँ मापदण्ड बनाईसकिएको छ, अब चाँडै नियुक्ती हुन्छ।’

पोखरा अन्र्तराष्टिय विमानस्थल बनाउन कुनै गाहो नरहेको पनि उनले जनाए । १८० सिटसम्मका जहाज आउने र त्यतिकै क्षमताको विमान आउँदा हुने उनको भनाई छ । ‘माझौला जहाजहरुको लागि विमानस्थल बनाउने हो’, उनले भने, ‘भारत, चीन लगायतका दक्षिण एशियाका देशहरुकोलागि धेरै फोकस बनाउनुपर्छ । अन्र्तराष्टिय विमानस्थल बनाउन कुनै खतरा छैन ।’

२० लाख पर्यटकहरु ल्याउनको लागि १७ देखि १८ लाखको होटेलको क्षमता हामीसँग छ । अरु जहाज आएका छन् । भारत र चीनबाट जहाज आउने अवस्था बनेपछि, अरु एयरलायन्स आउँछन् ।

वाईड बडी खरिद प्रक्रिया अघि देखि नै अघि बढेको हो । आज त जहाज आएको हो । आएको जहाज त चलाउनुपर्यो नि । पैसा गैसक्यो, अब चलाउनुपर्छ । हामीलाई जहाज चाहिएको हो । खरिद प्रक्रिया मेरो अनुशन्धानको विषय हो, मैले रोक्ने कुरा र छेक्ने कुरा आउँदैन् ।

खरिद प्रक्रियामा अनियमितता भएको छ कि छैन भन्ने कुरा मन्त्रालयले अध्ययन गर्ने उनको भनाई छ । ‘जहाज चल्छ, तर अनियमितता भएको छ कि छैन भन्ने कुरा अध्ययन हुन्छ ।’-उनले भने ।

फरक प्रसँगमा उनले प्रदेश प्रमुखहरुलाई फिर्ता बोलाउने कुनै आधिकारिक निर्णय नभएको पनि जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *