1

व्यवसायी मैत्री ऐन कानुन निर्माणका लागि महासंघको आग्रह

352 पटक पढिएको

काठमान्डौं – नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायी मैत्री ऐन कानुन निर्माणका लागि पहल गरिदिन कानुन मन्त्री शेरबहादुर तामाङ समक्ष आग्रह गरेको छ । महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायी मैत्री ऐन कानुनको अभावमा व्यवसायीहरुले भोग्नु परेका समस्याका बारेमा जानकारी पनि गराएको छ । व्यवसायीहरुको समस्या स्थायी रुपमा सम्बोधन हुने गरी यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न मन्त्री तामाङ समक्ष आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतिनिधिमण्डलमा अध्यक्ष श्रेष्ठसँगै महासचिव रामशरण देउजा, सदस्य शिव चौलागाई, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायत सहभागी हुनुहुन्थ्यो ।

यसैविच महासंघका उपाध्यक्ष पेम्वा लामा शेर्पाको विरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम कोरलानाका–अपरमुस्ताङ, तामखोला सडक खण्डको निर्माण कार्यमा संलग्न २० मजदुरको ट्रिपर दुर्घटनामा निधन भएकोेमा महासंघले गहिरो दुख व्यक्त गरेको छ । विज्ञप्ति जारी गर्दै महासंघले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको उक्त दुर्घटनामा परी घाइते भएका १२ जनाको शिघ्र स्वास्थ्य लाभको लागि कामना गरेको छ । अकल्पनीय र काबु बाहिरको परिस्थितिमा भएको यस घटनालाई भवितब्य ठान्दै महासंघले घाइतेहरुको उचित उपचारको व्यवस्थाको लागि आ–आफ्नो ठाँउबाट सहयोग गरिदिन स्थानीय निकाय, ट्रेड युनियनहरु, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण ब्यबसायी सबैलाई अनुरोध गरेको छ । साथै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि विज्ञप्तिमा माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो.. ...

डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...

काठमान्डौं - नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...