२०८१ वैशाख १४ गते | 26th of April 2024

नेकपाको नियमावली पारीत, पार्टी सञ्चालनको बाधा फुक्यो

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २७ गते ७:४०

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी, नेकपाको सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले निमावली अनुमोदन गरेको छ । योसँगै अब पार्टी सञ्चालन रहेको बाधा फुकेको छ ।

नियमावली बनाउन गठित कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावलीलाई सचिवालय बैठकले अनुमोदन गरेको हो । अन्तिम रुप पाएको नियमावली अनुसार पार्टीका सबै कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरणको योजना सचिवालयको अर्को बैठकले बनाउने नेकपाले जनाएको छ ।

अब पार्टीका सबै कमिटी र जनवर्गीय संगठनको एकीकरण प्रक्रियालाई तीव्रता दिने गरी नियमावलीमा रहेर कार्ययोजना बनाई अघि बढ्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बामदेव गौतम, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेको कार्यदलले तयार पारेको नियमावली तत्काल पार्टीका सबै कमिटीहरुमा पठाउने निर्णय पनि सचिवालय बैठकले गरेको उनले बताए ।

नियमावलीमा दुई पार्टीको जनवर्गीय संगठनहरुको एकीकरण गर्दा एउटालाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिनेगरी एकीकरण गर्ने व्यवस्था गरिएको छ । यस्तै प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

दुवै कमिटीका केन्द्रीय सदस्यलाई मिलाएर एकीकृत केन्द्रीय समिति बनाउने व्यवस्था गरिएको छ । जनवर्गीय संगठन र कमिटीको एकीकरण गर्दा दुवै संगठनका नेताको सुझावलाई प्रमुख आधार बनाउने कुरा नियमावलीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *