२०८१ वैशाख ७ गते | 19th of April 2024

ओएस नेपाल म्युजिक अवार्ड, पृथ्बी राज प्रसाईं पुरुषतर्फ बेस्ट पप मोडल विजेता

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २७ गते ८:५३

काठमाडौँ – काठमाडौँमा भर्खरै सम्पन्न भएको ओएसनेपाल म्युजिक अवार्डमा पृथ्बी राज प्रसाईंले जिते पुरुष तर्फ बेस्ट पप मोडलको अवार्ड जित्न सफल भएका छन् । संचारकर्मी तथा गायक किशन रेग्मी र श्रुति योगीको आवाजमा रहेको गित “कान्छी हे कान्छी” को म्युजिक भिडियो मार्फत मोडल पृथ्बी राज प्रसाईंले बेस्ट पप मोडलको अवार्ड जित्न सफल भएका हुन् ।

काठमाडौंको राष्ट्रिय नाचघरमा आईतवार आयोजित विशेष कार्यक्रममा ७४ वटा विधामा अवार्ड वितरण गरिएको हो । यस्तै पत्रकारिताको माध्यमबाट नेपाली गीत संगीत तथा कला क्षेत्रको प्रवद्र्धन र संवद्र्धनमा क्रियाशील सात जना वरिष्ठ पत्रकारलाई ‘ओएसनेपाल पत्रकारिता सम्मान २०७५’ बाट, र एक जना श्रिंगारकर्मीलाई र दुई जना पत्रकारलाई नगद पाँच हजारसहित सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *