1

चलचित्र बिकास बोर्ड अध्यक्षका लागि नायक शिव श्रेष्ठको नाम चर्चामा

890 पटक पढिएको

काठमान्डौं – निकिता पौडेलको नियुक्ति वर्तमान सरकारले बदर गरेपछि फेरि एकपटक चलचित्र विकास बोर्डको अध्यक्षका लागि काउन्टडाउन सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीसँग निकट विभिन्न चलचित्रकर्मीले आफ्नो नाम सञ्चार मन्त्रालयमा बुझाइरहेका छन् ।

केही दिनदेखि बोर्ड अध्यक्षका लागि दुई व्यक्तिको नाम खुबै चर्चामा थियो- दिनेश डिसी र केशव भट्टराई । निर्देशक डिसीलाई बोर्ड अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले चासो देखाएका थिए ।

प्रधानमन्त्री ओलीको राजकिय भारत भ्रमण टोलीमा राजेश हमालसँगै उनी पनि थिए । तर, रेडियो कान्तिपुरको स्टेशन म्यानेजरको पदबाट हट्न नसक्ने फिल्मीखबरसँगको कुराकानी पश्चात् केशवलाई बोर्ड अध्यक्षका लागि एक्ला दावेदार मानिएको थियो ।

तर, यसमा नयाँ ट्विस्ट आउने भएको छ । गोप्य सुत्रका अनुसार, चलचित्र विकास बोर्डको अध्यक्षमा पुराना अभिनेता शिव श्रेष्ठ हुनसक्ने प्रवल सम्भावना रहेको छ ।

बाहिरी रुपमा बोर्ड अध्यक्षका लागि ‘प्रोसेस’ गरेको नबताएपनि केही दिनदेखि उनी मन्त्रालयको चक्कर काटिरहेका छन् ।

मंगलवार निर्देशक डिसीसँग शिवले काठमाडौंको पाँचतारे होटल सोल्टीमा घण्टौं यसै विषयमा छलफल गरेको खबर प्राप्त छ । शिवले प्रधानमन्त्री समक्ष बोर्ड अध्यक्षका लागि आफ्नो नाम सिफारिस गर्न आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओली पनि शिवलाई बोर्ड अध्यक्षमा नियुक्त गर्न सकारात्मक देखिएका छन् । उता, बोर्ड अध्यक्षका लागि चर्चामा रहेका केशव भट्टराईको नाम चार महिना अगाडि नै जनपक्षीय चलचित्रकर्मी संघले मन्त्रालयमा बुझाइसकेको छ ।

अभिनेता द्वय श्रेष्ठ र भट्टराईमध्ये बोर्ड अध्यक्षमा को नियुक्त होला ? वा, फेरि यो कथामा नयाँ ट्विस्ट पो आउला कि ? मन्त्रीपरिषद्को निर्णयले नै अब यसको चिरफार गर्नेछ । राजनीतिक नियुक्ति हुने चलचित्र विकास बोर्डको अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।

तपाईको प्रतिक्रिया

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो.. ...

डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...

काठमान्डौं - नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...