२०८१ वैशाख ६ गते | 18th of April 2024

नायिका सोनाली बेन्द्रेलाई क्यान्सर, न्यूयोर्कमा उपचार गर्दै

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २७ गते ९:३८

मुम्बई – ९० को दशककी चर्चित बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ । उनी आफैंले टि्वटरमा यसको जानकारी दिएकी हुन् ।
बुधबार एक भावुक टि्वट गर्दै उनले लेखेकी छन्, ‘मलाई हाईग्रेड क्यान्सर भएको छ । एउटा अनौठो पिडाको महसुस भएपछि परिक्षण गरेर हेर्दा क्यान्सर देखियो । यतिबेला मेरो परिवार र साथीहरुले मलाई चारैतिरबाट सपोर्ट गरिरहेका छन् ।’

उनले अगाडि लेखेकी छन्, ‘म आफ्ना साथी र परिवारप्रति आभारी छु । यस्तो रोगसँग लड्नका लागि परिवारको सपोर्टभन्दा ठूलो शक्ति केही हुँदैन । अहिले डाक्टरको सल्लाहपछि म न्यूयोर्कमा उपचार गराइरहेकी छु । हामीले आशावादी हुनुपर्छ र म हरेक कदममा लड्नका लागि तयार छु । म यो लडाईंमा जितेर देखाउनेछु ।’

सोनालीले आफूलाई कुन अंगको क्यान्सर भएको हो भन्ने चाहिँ खुलाएकी छैनन् । यसअघि बलिउड अभिनेता इराफान खान गम्भीर रोगसँग लडिरहेका छन् । उनलाई मस्तिष्कको रोग छ । उनको उपचार लन्डनमा भइरहेको छ । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला क्यान्सरको सफल उपचारपछि अहिले पनि फिल्ममा सक्रिय बनेकी छन् ।

मुम्बईमा जन्मिएकी सोनाली बेन्द्रे बलिउडमा १९९४ मा फिल्म ‘आग’ बाट प्रवेश गरेकी हुन् । आमिर खानसँग उनले सरफरोश फिल्ममा अभिनय गरेकी थिइन् जसका लागि सर्वोत्कृष्ट अभिनेत्रीको थुप्रै अवार्ड उनले जितिन् । विज्ञापनमा पनि उनको ठूलो नाम छ । सन् २००२ मा फिल्म निर्देशक गोल्डी बहलसँग बिहे गरेकी उनको एउटा छोरा छन्, अनलाईनखबरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *