२०८१ वैशाख ११ गते | 23rd of April 2024

महासंघ सचिवालयमा क्षमता अभिवृद्धि तालिम

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २८ गते १६:१९

काठमान्डौं – नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा कार्यरत कर्मचारी सहित केही जिल्ला निर्माण व्यवसायी संघ तथा निर्माण कम्पनीमा आबद्ध कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजित तालिम बुधवार राजधानीमा सम्पन्न भएको छ । तालिमको समापन गर्दै निर्माण व्यवसायी प्रर्बद्धन तथा कार्यान्वयन समितिका अध्यक्ष केशव कुमार शर्माले तालिम अवधिमा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दा सरोकारवाला सबैलाई फाइदा पुग्ने बताउनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव समेत रहनु भएका शर्माले कर्मचारीहरु दक्ष भएमात्र निर्माण व्यवसायको काम छिटो छरितो हुने बताउनुभयो । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो । 

महासंघका उपाध्यक्ष समेत रहनु भएका महासंघ अनुसन्धान तालिम तथा विकास समितिका संयोजक रुद्र शर्मा तथा महासचिव रामशरण देउजा लगायतले तालिमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । महासंघको आयोजना तथा निर्माण व्यवसायी प्रर्वद्धन तथा कार्यान्वयन समितिको सहकार्य र देवस्वीट डेभलप्मेन्टको व्यवस्थापनमा महासंघ सचिवालयमा आयोजित पाँच दिने तालिममा ३० जनाको सहभागिता रहेको थियो । प्रमुख अतिथि, महासंघका पदाधिकारी लगायतले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *