२०८१ वैशाख ७ गते | 19th of April 2024

आकाशे पानी संकलन र यसको उपयोगिता, आवश्यकता कि वाध्यता

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २९ गते ११:१२

– ई. विजय थापा तथा ई.डा अनिश घिमिरे

भु–जल (जमिनमुनिको पानी) र सतह जल निकायहरु (खोला, पोखरी, समुन्द्र) जस्तै आकाशे पानी पनि जैविक र अजैविक वस्तुहरुका लागि पानीको श्रोत हो । केही अनुसन्धानले देखाएको छ कि आकाशे पानीले अन्य श्रोत भन्दा शुद्ध पानी उपलब्ध गराउँछ । यो पानी पिउन, खेती गर्न, लुगा धुन तथा अन्य घरायसी प्रायोजनका लागि प्रयोग गरिन्छ । जमिन वा जल निकायहरुको पानी सुर्यको तापले वाफमा परिणत भई, सतहवाट वायुमण्डलतर्फ उड्छ । आकाश माथि वाफका कणहरु एक आपसमा टाँसिन थाल्छन् र पानीको थोपामा परिणत हुन्छन । टाँसिने क्रममा पानीको थोपाहरुको वजन जब गुरुत्वाकर्षण (ग्य्राभिटि) ले जमिनतर्फ धकेल्न छक्ने हुन्छ, ती थोपाहरु आकाशे पानीका रुपमा जमिनमा झर्छन् ।

यस लेखको उद्धेश्य आकाशे पानी सम्बन्धि सचेत गराउनका साथै यसको उपयोगिता सम्बन्धि छलफल गर्ने हो । जलश्रोतको दोस्रो धनी देश वास्तवमा दोस्रो धनी देश होइन । पत्याउन ग्राहो पर्छ तर हो हामीलाई विद्यालयमा गलत कुरा पढाइयो । दोस्रो धनी देश होइन तर जलश्रोतमा कुल भुगोलको अनुपातमा अत्याधिक नै हो । तर पनि यहाँ पानीको अभाव छ । काठमाडौंमा रहेका अधिकांश सतही पानीका स्रोत दुषित छ । अंग्रेजीमा एउटा भनाइ छ “वाटर वाटर एभ्रीव्यर नट अ सिंगल ड्रप टु ड्रिक” नेपालको मामिलामा मेल खान्छ । परापूर्वकालदेखि हेर्दा, वस्ती विकास पानी सतहजल निकाय जस्तै खोला नाला वा नदीको किनारवाट सुरु भएको भेटिन्छ । त्यो बस्तीका वासिन्दाले आवश्यक पानी प्रयोग गर्ने र दुषित पानी (खेतीपातीमा प्रयोग गरी वचेको) त्यही सतही पानीमा वहाव गराइदिने थाहा भएकै कुरा हो । पानीको फेरी विभिन्न विशेषता मध्ये एक हो प्राकृतिक शुद्धिकरण गर्न सक्ने क्षमता । दुषित पानी आफै प्राकृतिक रुपमा शुद्ध हँदै जान्छ तर एउटा तह सम्म । उसको प्राकृतिक शुद्धिकरण क्षमता भन्दा बढी फोहर पानीमा विसर्जन गर्न थाले, पानीफोहर नै रहन्छ ।

प्राकृतिक शुद्धिकरणमा भुमिका खेल्ने विधिहरु अवसादन (थेग्रिने) र ओक्सीकरण (अक्सिडेसन) र एनारोविक (अक्सिजनको अभाव) कुहाइहो । काठमाडौंमा बग्दा दुषित बाग्मती, तराईमा बग्दा सफा छ । काठमाडौंको बागमतीमा बग्ने पनि पानी नै हो, तर पानीको उपलब्धताको दृष्टिकोणबाट हेर्दा त्यसलाई खानीपानीको रुपमा हेर्न मिल्दैन । सतही पानीको उपलब्धता उसको आत्म शुद्धिकरणका कारणले गर्दा हो भने भुजलको अत्याधिक निकासीले भुजलको तहनै तलगइरहेको छ । त्यस्तै ओडिएफ क्याम्पेन अन्तर्गत सबै घरमा शौचालय निमार्ण गरियो या यो क्याम्पेन अगवै निमार्ण गरियो तर अधिकांश शौचालय ढलमा जडान गरिएको छैन् । सेफ्टीक ट्याङ्क पनि धेरै घरमा छैन् । सोक पिटमा जम्मा भएको दुषित पानी विस्तारै भुजलमा प्रदुषण गर्छ । पानीजाँच गराउने त हामी कमै गर्छौ । पानी जाँच नगराउँदा हाल प्रयोग गरिरहेको भुजलको गुणस्तर नराम्रो पनि रहन सक्छ ।

अब वाँकी विकल्प रहेको आकाशे पानी, तर पनि अधिकांशले यो प्रयोग गरेको पाइदैन । बरु किनेर ट्याङ्करको पानी उपभोग गरिएको पाइन्छ । आकाशे पानीवारे अविश्वास रहनुको मुख्य कारण गुणस्तर हो । हालको वायू प्रदुषण र पानी पर्ने सतहले आकाशे पानीदुषित बनाउँछ । अर्को कारण हो खरिद गर्ने चाहना र जनशक्तीको कमी । विलिङ्गनेस टु पे भनेको कुनै प्रविधिवावस्तुलाई अपनाउन मानिसहरुको खर्च गर्न सक्ने चाहना हो । आकाशे पानी प्रविधि स्थापना गर्न मानिसहरु धेरै खर्च गर्न नचाहनुले यो क्षेत्रमा लाग्ने प्राविधिकलाई उचित मुल्य नआउनु र काम गर्न क्षमता भएका प्राविधिकहरु घरको धारा मात्र जोड्दा धेरै पैशा कमाउन सक्ने हुदाँ उनीहरु यो काम गर्न नखोज्नु हो । अनि अर्को महत्वपूर्ण कुराहो नेपालको हावापानी र मौसम हो । नेपालमा बर्षायाम जेठमा सुरुभै भाद्र सम्म अधिकांश पानी पर्ने केही मात्रमा जाडो महिनाहरुमा पनि पर्छ । सबै भन्दा सुख्खामहिना चैत वैशाखतीर हुन्छ, जुन वर्षायाम अगाडी आउछ । भण्डार गरेको पानी सुख्खा महिनासम्म पुग्छ की पुग्दैनभन्ने कुरा विचाराधिन छ । यदि त्यो सबै भन्दा सुख्खायाम सम्म पुर्याउने हो भने ठुलो भण्डारण ट्याकीं बनाउन पर्छ जसको खर्च अत्याधिक हुन आउँछ । सामान्यता एक मानिसले १०० देखि १३५ लि. पानी दैनिक रुपमा खपत गर्छ, जसमध्ये पिउन र खाना पकाउन प्रतिव्यक्ति १० देखि १५ लि. पानी खपत गर्छन् । ४ जनाको परिवारलाई पिउन मात्र दैनिक ६० लि. पानी आवश्यक हुन आउछ ।

३ महिना मात्र पानी परेको मान्ने हो भने ९ महिना आकाशे पानीमा निर्भर हुन १६,२०० लि. क्षमताको ट्याक्कीं चाहिन्छ । बर्षायाममा पनि पानी परि रहेकाले १०,००० लि. क्षमताको ट्याक्कीं भएपुग्ने देखिन्छ । यो पिउन र पकाउनका लागि मात्र हो । शौचालय, नुहाउन, लुगाधुन, सरसफाईको यसमा जोडिएको छैन । आम नेपालीले पानी भण्डार गर्ने ट्याक्कीं ५००० देखि ७००० लि. र अहिले बनेका नयाँ घरमा सरदर १५ देखि २० हजार लि क्षमताका मात्र बन्छन । यो कुरा बुझ्न अति आवश्यक छ कि यो ट्याक्कीं निमार्ण खर्च अत्याधिक हुन आउछ । खर्च कम गर्न प्लाष्टिकका ट्याक्कीं पनिप्रयोग गर्न सकिन्छ । तर बर्ष भरी पुग्ने गरी राख्दा आवश्यक पर्ने ट्याक्कीर ती ट्याक्कीले ओगट्ने क्षेत्रफल पनिधेरै हुन जान्छ ।

यस्तो समस्या हुँदाहँुदै पनि नेपाल सरकार , अन्तर्राष्ट्रिय संघ संस्थाहरु र बुद्धीजिवीहरु यस प्रविधिको वकालत गर्छन, कारण धेरै छन् । पहिलो कारण हो आशिक आपुर्ति ।आकाशे पानीमै पूर्ण रुपमानिर्भर हुनआर्थिक रुपमा महंगो पर्ने हुँदा, आशिंक रुपमा आपूर्ती भने गर्न सक्छ र त्यति गर्दा पनि ट्यांक्करमा पानी खरिद गर्नु भन्दा सस्तो पर्छ र खानेपानी आयोजनामा निर्भरता र वील रकम कमहुन जान्छ । आकाशे पानी संकलन विधीको संचालन सरल र समय कम खपत गर्ने खाल्को हुन्छ । बारी, सिंचाई लगायत फुलवारी, लगायत पिउने वाहेकका अन्य प्रयोजनका लागि खरिद गरेको पानी उपयोग गर्नु भन्दा आकाशे पानी प्रयोग गर्दा खर्च कम हुन जान्छ । यसले भुजलको प्रयोगमा कमी ल्याउँछ । भुजलको सतह निरन्तर तल हँुदै जाँदा पृथ्वीको सतह, जैवीक विविधता र अन्य सतह पानीमा पनि असर गरिरहेको छ । यो शहरी क्षेत्रमा अझै बढी देखिन्छ । काठमाडौ जस्तो अत्ति घना शहरहरुको अर्को समस्या हो वर्षायाममा अत्याधिक पानी र अन्य समयमा कम पानी । आकाशे पानी संकलन गर्दा वर्षायाममा वाढीमा योगदान कम हन्छ भने सुख्खायाममा यो प्रविधिप्रयोग नगर्दा भन्दा पानी उपलब्धता बढ्न जान्छ ।

लेखकहरुको संक्षिप्त परिचय
ई. विजय थापा
थापा वातावरण इन्जिनियर हुन । हाल काठमाडौं विश्वविद्यालयमा पि.एच.डी. गर्दैछन् र अभियन्त्र कन्सल्टीङ्ग प्रा. लिं र सोइल वाटर एण्ड एयर टेष्टिङ्ग ल्याव प्रा.लि.का निर्देशकका रुपमा काम गर्दछन् । थापाले राष्ट्रिय प्रौद्योगिकि संस्थान (एन.आइ.टी.) कुरुकक्षेत्रबाट सिभिल इन्जिनियरिङ्गमा स्नातकोत्तर तहअध्ययन गरेका छन् ।

डा. अनिष घिमिरे
घिमिरे हाल नेपाल इन्जिनियरिङ्ग कलेजको स्नातकोत्तर कार्यक्रका अनुसन्धान संकायका संयोजक हुन । उनी सोइल वाटर एण्ड एयर टेस्टिङ ल्याब प्रालिका प्रबन्ध निर्देशकका रुपमा काम गर्दछन् । उनले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट वातावरण इन्जिनियरिङमा स्नातकोत्तर र यूरोपेली राष्ट्रहरु इटली, फ्रान्स र नेदरल्याण्डस्बाट संयुक्त रुपमा पि.एच.डी अध्ययन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *