२०८१ वैशाख १४ गते | 26th of April 2024

भर्जिनियामा मारिएका रेशमको परिवारका लागि एनआरएनद्वारा ८२ हजार डलर संकलन

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३० गते १८:३६

भर्जिनिया – अमेरिकी स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ का दिन ग्यास स्टेसनमा काम गरिरहेका बेला लुटेराको समूहबाट हत्या गरिएका रेशम बजगाईंको परिवारको सहयोगका लागि ८२ हजार डलर संकलन भएको छ। गैर आवासीय नेपाली संघ, भर्जिनियाको अग्रसरतामा ‘गोफन्डमी डटकम’ मार्फत् उक्त रकम संकलन भएको हो। संघले ५० हजार संकलनको लक्ष राखेको थियो। नौ दिनमा लक्षितभन्दा ३२ हजार डलर बढी उठिसकेको छ। सहयोग गर्न सकिने म्याद अझै दुई दिन बाँकी रहेकाले रकम अझै बढ्ने अनुमान गरिएको छ।

हालसम्म सहयोग गर्ने जम्मा १५५३ मध्ये चालीस प्रतिशत गैर–नेपाली रहेका छन्। एनआरएन भर्जिनियाका अध्यक्ष गोविन्द सुवेदीका अनुसार उक्त रकम स्वर्गीय बजगाईको परिवारलाई हस्तान्तरण गरिने छ । एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले भर्जिनिया च्याप्टरले गरेको उक्त कामको प्रशंसा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *