1

अमेरिकामा डा. गोविन्द केसीको प्राण बचाउ अभियान संयुक्त राष्टसंघसमक्ष हस्ताक्षर पुर्याईने, फेसबुकमार्फत मत दिन सकिने

1286 पटक पढिएको

अमेरिका/विजय थापा – अमेरिकाबाट नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न आमरण अनसन बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाबाट अभियान थालिएको छ । केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार आयोग समक्ष अपिल गर्दै चेन्ज डट ओराजीमार्फत् हस्ताक्षर सङ्कलन अभियान थालिएको हो । बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिव प्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए ।

शिवप्रकाशले बुधवार चेन्ज डट ओराजीमा अपिल तयार गरी फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसँग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आव्हान गरेका छन् । त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले चेन्ज डट ओराजीमार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाइका लागि एक लाख हस्ताक्षर पुर्‍याउनु आवश्यक रहेको उनले औँल्याए । उनले डा.केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफूले यो अभियान थालेको बताए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बिना संशोधन विधेयकका रूपमा ल्याउन माग गर्दै डा.केसी १५ औँ पटक फेरि अनसन बसेका छन् । नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १४ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ ।

https://www.change.org/p/humanrights-save-philanthropist-dr-govinda-kc

केसीले चिकित्सा शिक्षा अध्यादेशकै हुबहु विधेयक ल्याउनु पर्ने मुख्य माग राखेका छन् । सरकारले भने त्यसको मुख्य बुँदा नै हटाएर संशोधित विधेयक ल्याउन खोजेपछि केसी अनसन बसेका हुन् ।

जनताका डाक्टर तथा मानवताका पुजारी डा.गोविन्द केसीको प्राण रक्षाका लागि संयुक्त राष्ट्र सङ्घ तथा राष्टसंघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको छ, केसी बचाउ अभियानकर्ता शिवप्रकाशले भने, एक लाख हस्ताक्षर पुर्‍याउन सके आयोगको ध्यान आकर्षित हुने थियो । यसका लागि निम्न लिङ्कमा गई हस्ताक्षर गर्न उनले आव्हान गरेका छन् ।

सिङ्गो मुलुकबासीको हितका लागि पटकपटक राज्यसँग लड्दै आएका डा.केसीको जीवन रक्षाका लागि उनका जायज माग पुरा गर्न सरकार तयार नभएपछि स्थिति जटिल बन्दै गएको छ ।

सरकारले उचित माग सम्बोधन नगर्ने र कुनै व्यक्तिको अनसनकै भरमा आफ्नो निर्णयमा पछि नहट्ने अभिव्यक्ति दिएपछि जुम्लाको चिसोमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेको विवरण आउन थालेका छन् ।

चेन्ज डट ओआरजीको मुख्य काम यसमार्फत बढीभन्दा बढी हस्ताक्षर सङ्कलन गरी सम्बन्धित निकायसम्म अपिल पुर्‍याउने हो । यस्तो अभियानले यस विषयमा अन्तराष्टिय दबाब सृजना गर्न बाध्य बनाउने गर्छ । यो साइटलाई मानवअधिकारसम्बन्धी विश्वव्यापी संस्था एमनेस्टी इन्टरनेशनल र ह्यूमेन राइट्स सोसाइटीले मुद्दाका रूपमा प्रबद्र्धन गर्ने गर्दछन् ।

यस साइटमार्फत विगतमा अपिल गरिएका चर्चित विषयहरू आर्थिक र न्यायिक, मानवअधिकार, शिक्षा वातावरण संरक्षण, पशुअधिकार, स्वास्थ्य र दिगो खाद्य लगायत छन् ।

डा.गोविन्द केसीको प्राण रक्षा गर्न हस्ताक्षरका लागि लिङ्क :
https://www.change.org

तपाईको प्रतिक्रिया

गोरखा - यही पुस ५ गते विहिबारबाट शुरु हुने दशौ गोरखा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।.. ...

काठमान्डौं - नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको.. ...

अमेरिका - गीतकार मणि भट्टराईको शब्द, विवि अनुरागीको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...