२०८१ वैशाख ८ गते | 20th of April 2024

काठमाडौं उपत्यकामा बिजुलीबाट चल्ने चिनियाँ बस संचालन हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३१ गते ८:०१

काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने भएको छ। यात्रुको चापको व्यवस्थापनका साथै वातवरणीय हिसाबले उपयुक्त हुने भएकाले विद्युतीय बस सञ्चालनमा रहेको महानगरपालिकाले जनाएको गोरखापत्र दैनिकले खबर छापेको छ ।

चीन सरकारको अनुदानमा त्यस्ता बस ल्याउने तयारी भइरहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। कार्कीका अनुसार विद्युतीय बस ल्याउने विषयमा अहिले चीनसँग छलफल भइरहेको छ।

उपत्यकामा साना सार्वजनिक सवारी साधनभन्दा ठूला बस सञ्चालन गर्दा यात्रुलाई सहज हुनुका साथै ट्राफिक व्यवस्थापन सहज हुने भन्दै महानगरले ठूला बस सञ्चालनमा लगानी गरिरहेको छ। महानगरले साझा बस सञ्चालन गर्नका लागि अहिलेसम्म १५ करोड रुपैया लगानी गरिहेको छ। साना सवारीलाई उचित विकल्प दिएर सही व्यवस्थापन गर्न सके जाम कम हुने र यात्रुलाई सहज हुने भन्दै कार्कीले अब साना सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *