२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाल अमेरिका पत्रकार संघको छैंटौं अधिवेशनको तयारी पुरा

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३२ गते ५:१०

सियाटल – नेपाल अमेरिका पत्रकार संघ, नेजाले छैंटौं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संस्थाद्वारा प्रेषित वक्तव्य : 

नेपाल अमेरिका पत्रकार संघ, नेजाको छैटौं अधिवेशन तथा बाह्रौं वार्षिक साधारण सभाको तयारी पूरा भएको छ । यही
शनिवार र आईतवार अर्थात जुलाईको २१ र २२ तारिखमा वाशिंगटनको सियाटलमा हुन लागेको अधिवेशनमा भाग लिन नेपाल पत्रकार महासंघका सभापति गोबिन्द आचार्य बिहिबार कार्यक्रममा सहभागि हुन आउने कार्यक्रम रहेको छ । त्यसैगरि विभिन्न राज्यवाट नेजाका सदस्यहरु, प्रतिनिधी तथा शुभेच्छुकहरु बुधबार देखिनै सियाटल आउने भएका छन् ।

‘नेजाको अधिवेशनका लागि गर्नुपर्ने सम्पूर्ण तयारी हामीले पूरा गरेका छौं’, छैटौं अधिवेशन तयारी समितिका संयोजक तथा कार्यसमितिका क्षेत्रिय संयोजक ध्रुब कुँवरले जानकारी दिनु भएको छ । कूल १ सय ३६ सदस्य मध्ये २१ जना आजीवन सदस्य र १ सय १५ जना साधारण सदस्यहरुले यस अधिवेशनमा भाग लिनेछन । कार्यक्रममा सहभागी सदस्यले रजिस्ट्रेसनबापत ५० डलर तिर्नु पर्नेछ । रजिष्ट्रेशनको लागि नगद वा चेकवाट भुक्तानी लिन सकिने भएकाले सहभागीहरुलाई सोही अनुसार व्यवस्था गर्न कुँवरले आग्रह गर्नु भएको छ । उदघाटन कार्यक्रम तपसिलमा उल्लेख भए अनुसार रहेको छ  ।

मिति: जुलाई २१, २०१८ शनिवार
समय: साँझ ५:०० बजे
स्थान: Clarion Hotel Seattle Airport
3000 S. 176th St,Seattle, WA 98188

हवाई माध्यमबाट आउने साथीहरुले समयमा नै टिकटको व्यवस्थापन गर्नु भएको होला भन्ने हामीलाई लागेको छ ।  कोही पनि साथीहरु जुलाई २१ भन्दा पहिले सियाटल आउदै हुनुहुन्छ भने कृपया हामीलाई तत्काल जानकारी दिनु होला ।
जुलाई २१ र २२ बाहेकको बसोवासका लागि हामीले सहुलियत दरमा तपाईंहरुको होटल व्यवस्थापन गर्न समन्वय गर्नेछौं ।

होटेलको ठेगाना : 3000 S. 176th St, Seattle, WA 98188 हो ।

हाम्रो अधिवेशन स्थल नजिकको विमानस्थल Seattle–Tacoma International Airport (SEA) हो | SEA बाट होटेलसम्म पैदल करिब १० मिनेटको दुरी पर्दछ भने एअरपोर्टबाट फ्री सटलको ब्यबस्था छ । अधिवेशनमा सहभागी हुनु हुने सबै प्रतिनिधि साथीहरुले रजिष्ट्रेशन वापत ५०.०० डलर तिरेर अधिवेशनमा सहभागी हुनुपर्नेछ ।  स्वागतको प्रतिक्षामा अधिवेशनसम्बन्धी अन्य कुनै जानकारी आवश्यक परे हामी सधैं उपलब्ध छौं ।

ध्रुव कुँवर
संयोजक, छैटौँ अधिवेशन आयोजक समिति
एवं पश्चिम क्षेत्रीय संयोजक,नेजा

यम घिमिरे
सह-संयोजक, छैटौँ अधिवेशन आयोजक समिति
एवं क्यानडा क्षेत्रीय संयोजक, नेजा

कार्यक्रम: नेजा छैटौँ अधिवेशन उद्घाटन
मिति: जुलाई २१, २०१८ शनिवार
समय: साँझ ५:०० बजे
स्थान: Clarion Hotel Seattle Airport
3000 S. 176th St,Seattle, WA 98188

Leave a Reply

Your email address will not be published. Required fields are marked *