२०८१ वैशाख ६ गते | 18th of April 2024

डा. केसी को सत्याग्रह संबन्धमा US-NPRC को प्रेस बिज्ञप्ती

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३२ गते ६:०५

अमेरिका – नेपालको चिकित्सा शिक्षा र उपचार सेवामा सर्वसाधारण नेपालीको पनि सहज पहुंच होस भन्ने जायज र न्यायिक माग राखी बिगत १६ दिन देखि जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन सत्याग्रह गरी रहनु भएका डा. गोविन्द केसी को जिवन रक्षा र उहाँले उठाउनु भएका जायज मागको दिर्घकालिन समाधान गर्नका लागि अभिलम्व कार्य गर्न अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर नेपाल सरकार , संसद र राजनितिक दलहरुको गंभिर ध्यानाकर्षण गराउन चाहन्छ ।

चिकित्सा शिक्षा संबन्धी केदार भक्त माथेमा आयोगको सिफारिस र बिगतमा डा. केसी संग को सम्झौता अनुरुप ल्याइएको अध्यादेशको मर्म बिपरित स्वास्थ्य शिक्षा र उपचार सेवा मा ब्यापारिक हित अनुकुल संसदमा बिधेयक ल्याउने तयारीले डा. केसी को सत्याग्रह प्रति आमनेपाली , प्रेस , नगरिक समाज र नेपालको भलो होस भन्ने जमात को सम्मान र समर्थन बढेको छ ।

अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर डा. केसी को प्राण रक्षाको लागि सिघ्र वार्ता प्रारम्भ गरी अनसन तोडाउन र चिकित्सा शिक्षा र उपचार सेवा संबन्धमा न्यायिक र सर्व साधारण जनताको हित अनुकुल हुने गरी कानुन निर्माण गर्न नेपाल सरकार,संसद र राजनितिक दलहरुसंग माग गर्दछौं ।

धन्यबाद !
डा आमोद पोख्रेल- अध्यक्ष
डा अर्जुन बन्जाडे- कार्यकारी सचिव
अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर
http://www.usnprc.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *