२०८१ वैशाख ११ गते | 23rd of April 2024

भारतीय अभिनेत्री प्रियंकाद्दरा झुण्डिएर आत्महत्या

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ३ गते १०:४६

मुम्बई – भारतीय चलचित्र क्षेत्रबाट अर्को दुखद् खबर आएको छ । भारतीय अभिनेत्रि रीता भादुडीपछि अर्की अभिनेत्रि प्र‍ियंकाले पनि आत्महत्या गरेकी छिन् । उनले झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्र‍ियंकाले चेन्‍नईमा रहेको आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनको घरमा आफन्त आएपछि उनी झुण्डिएर आत्महत्या गरेको जानकारीमा आएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार पारिवारिक समस्याका कारण उनले आत्महत्या गरेकी हुन् । उनको धेरै पहिला विवाह भएको थियो, तर अहिले सम्म बच्चा भएको छैन । अहिले सम्म घटनास्थलबाट कुनै पनि सुसाइट नोट प्राप्त नभएको भारतीय प्रहरीले जानकारी दिएका छन् ।

प्रियंका सन टिभिमा आउँदै गरेको भैरवी कार्यक्रममा काम गरिरहेकी थिइन् । यसभन्दा अगाडी उनले धेरै टिभिहरुमा सञ्चालन भएका कार्यक्रममा महत्वपुर्ण भुमिका निर्वाहत गरेकी थिइन्। उनको निधन तालिम चलचित्र क्षेत्रमा धेरै क्षती पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *