२०८१ वैशाख १५ गते | 27th of April 2024

बद्री र कलालाई चिटिक्कै सुहायो

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ३ गते ११:१८

काठमान्डौं – हरितालिका तीजका अवसरमा चर्चित गायक बद्रि पंगेनी र गायिका कला पंगेनी तथा नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । परदेशिएको आफ्नो मायालुसंग पोखिएको वेदनाले भरिएको यस तीज गीतमा ढाका टोपी र गुन्यू चोलीमात्र होइन परदेशदेखि गाउँघर अनि मेलापातसमेतलाई समेटिएको छ ।

बाध्यताले परदेश लागेको मायालुको बारेमा सुनेका कुराहरुले चसक्क दुखेको मन अनि परदेशमा भोगेको पीडालाई गीतमार्फत प्रस्तुत गर्न खोजीएको छ । उक्त गीतमा अन्जली अधिकारी र महेन्द्र गौतम लगायात गायिका कला पंगेनी र राजेन्द्र भण्डारीको समेत अभिनय रहेको छ । प्रविन थापाले निर्देशन गरेका छन् भने शक्ति प्रज्वल घिमिरेले छायांकन तथा सम्पादन गरेका हुन् ।

गीतको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *