२०८१ वैशाख ११ गते | 23rd of April 2024

न्यूयोर्कमा ‘ढकाल संगीत साँझ’ हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ४ गते ७:५८

न्यूयोर्क – सुगम सङ्गीतका हस्ती रामकृष्ण ढकालको यही आउँदो जुलाई २८ तरिकाको दिन अमेरिकाको न्युयोर्कमा पहिलो चोटि लाइभ म्युजिक साथ ढकाल सुमधुर साँझ हुने भएको छ ।
हिमालयन इभेन्टको प्रस्तुति रहेको ढकाल सुमधुर साँझमा बषौ अगाडी रेडियो टिभी मा सुनेका गीतहरू आफ्नै अगाडी त्यो पनि लाइभ म्युजिक साथ पारिवारिक वताबरणमा रमाउँदै मज्जा लिन सकिने छ । माया प्रेम , देशभक्ति लगायतका विभिन्न गीतहरूलाई आम न्युयोर्कबासी नेपाली माझ पस्कने छन् उनै सदाबहार गायक रामकृष्ण ढकालले ।

आयोजक समितिका सदस्य अभय ढुङगेलले पनि प्रवासमा रहेका नेपालीहरू जो नेपाली गीत सङ्गीत प्रति माया गर्नेहरुलाई बिलकुलै नयाँ कार्यक्रममा सहभागी हुनका लागी समेत अग्राह गरेका छन् । आयोजकका अनुसार उक्त कार्यक्रम गुल्सन टेरेसमा हुने छ ।

उक्त ढकाल सुमधुर साँझमा लाइभ म्युजिकको रूपमा न्युच्छे नारायण ढंगोल , शिशिर श्रेष्ठ सुशील विश्वकर्मा, प्रमोद उपाध्याय, विष्णु सुनार र डेविड सुरावि ढकालले ले सहयोग गर्ने छन् ।

https://youtu.be/mA9gwZXAcz4

Leave a Reply

Your email address will not be published. Required fields are marked *