२०८१ वैशाख ७ गते | 19th of April 2024

रोड पिच गर्दै गायक समिर

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ४ गते १०:५२

काठमान्डौं – गायक समिर आचार्य जो अष्ट्रेलियामा बसोबास गर्छन् । विदेशमा रहेर पनि उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफनो बेग्लै छवि बनाएका छन् । उनले स्वर दिएका गीतहरु त्यतिकै लोकप्रिय पनि बनिरहेका छन् । पछिल्लो पटक उनले तिमी ‘हिडने पिच गरिदिन्छु रोड’ बोलको गीत जुलाई २० मा सार्वजनिक गरेका छन। गीतको भिडियो Youtube मा अपलोड गरेको केहि समयमा नै लोकप्रिय भइसकेको छ । दर्शकबाट गीतमा राम्रो रेस्पन्स आएको छ ।

गीतमा लोकप्रिय भारतीय रियलिटी शोका डान्सर सुसान्त खत्रीको डान्सीङ स्टाईल तथा नायिका आचंल शर्मालाई देखाइएको छ । गीतमा आर्चायलाई विद्या तिवारीले साथ दिएकी छिन् । यो गीत लोकप्रिय हुनेमा म ढुक्क छु उनले भने, ‘गीत फरक खालको बनेको छ ।’ यूएस खबर संगको कुराकानिमा उनले बताए ।

नेपालमा छायाङकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र साहले निर्देशन गरेका हुन । गीतलाई राजेन्द्र भट्ट तथा सन्तोष कुमारले शब्द र संगीत दिएका हुन । यस अघि दुनिया बेग्लै छ, हैन भनिदेउ माया, मेरो स्टाइल यस्तै छ, लगायतका गीत गाएर गायक आचार्यले संगीतपारखीहरुको मन जितीसकेका छन् । 8K Motion Picture संगको सहकार्यमा तयार उक्त भिडियोलाइ अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय तथा नेपाल भरि शाखा बिस्तार गरि सकेको ABC Migrationले निर्माणमा प्रायोजन गरेको छ ।

 भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *