२०८१ वैशाख १२ गते | 24th of April 2024

नेपाललाई आर्थिक वृद्धिमा विश्वकै नम्बर १ बनाउंछौं – प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ४ गते ११:००

काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले आगामी तीन वर्षभित्रमा नेपाललाई आर्थिक वृद्धिदरको हिसाबमा विश्वको नम्बर १ बनाउने दाबी गरेका छन् ।
गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको सम्भावना धेरै रहेकाले छिमेकी देशकोे सहकार्यमा विकासमा अघि बढाउने बताए ।

खेर गएका जमिनमा के लगाउँदा उत्पादनमुखी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको भन्दै उनले चालू वर्षमा ५ र आउँदो वर्ष ८ प्रतिशतले उत्पादन वृद्धि गर्ने दाबीसमेत गरे । प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा, खनिज, जडिबुटी, फिल्म सिटीलगायत धेरै कुरामा सम्भावना रहेको प्रदेश भएको बताए ।

प्रधानमन्त्री ओलीले आगामी दुई वर्षभित्र देशभरबाट तुइनको अस्तित्व समाप्त पार्ने दाबी गरे । यसअघि आफू प्रधानमन्त्री भएका वेला तुइन विस्थापन गर्ने घोषणा गरेको भए पनि त्यसले पूर्णता नपाएको र आउँदो दुई वर्षभित्र यस्को विस्थापन गरिसक्ने बताए । अहिले धमाधम झोलुंगे पुल विस्थापित भइरहेको उनले बताए । प्राविधिक हिसाबले सम्भव नभएका स्थानमा रोपवे वा केबलकार सञ्चालन गरेर भए पनि दुई वर्षभित्र तुइन विस्थापन गरेरै छाड्ने उनको प्रतिबद्धता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *