२०८१ वैशाख १३ गते | 25th of April 2024

न्युयोर्कमा दोश्रो आदीवासी जनजाती चलचित्र महोत्सव हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ५ गते ३:०७

न्यूयोर्क – नेपाल आदीवासी जनजाती महासंघ अमेरिका ( फिपना) ले न्युयोर्कमा दोश्रो आदीवासी जनजाती चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । नेपालको आदीबासी जनजातीहरुको मौलिक कथामा बनेका चलचित्रहरुको महोत्सव आगामी सेप्टेम्बरको १५ र १६ तारिख हुन लागेको फिफनाले जनाएको छ । महोत्सव मुस्ताङ किदुगको अध्यक्ष एवं फिपनाको बरिष्ठ उपाध्याक्ष राजकुमार विष्टको संयोजकत्वमा सवै जातीय सदस्यीय सस्थाहरु र फिपनासग नजिकका सवै सस्थाहरुलाई राखिएको छ ।

‘प्रवासमा आदीवासी जनजातीको मौलिक भाषा र सस्कृतिको संरक्षणको साथै आदीवासी जनजातीको चलचित्रको प्रर्वद्धनको लागी दोश्रो पटक आदीवासी जनजाती चलचित्र महोत्सव आयोजना गर्न लागेको हो’ महोत्सवको संयोजक राजकुमार विष्टले बताए । उनका अनुसार दुई दिन हुन लागेका महोत्सवमा विभिन्न जातीय समुदायको चलचित्रहरु प्रर्दशन पछि उत्कृष्ठ चलचित्रहरुलाई पुरस्कृत गरिने भएको छ । 

विष्टको संयोजकत्वमा बनेको आयोजक समितिको सदस्यहरुमा ऊर्गेन शेर्पा युनाईटेड शेर्पा एशोसिएयसन, लक्यन लामा नर्थ अमेरिकन तामाङ सोसाईटी, दावा ल्होबा हृयोल्मो हृयोल्मो सोसाईटी अफ अमेरिका, छिरिड आडटक गुरुड मुस्ताड किदुग, पदम गुरुड गुरुड तमु सोसाईटी अफ अमेरिका, दिपेश लिम्बु किरात याक्थुम चुमलुड अमेरिका, दावा छिरिड लामा, वालुड किदुग नर्थ अमेरिका, छिरिड राप्के लामा घ्याल्सुम्दो सेवा संस्था ईंक अमेरिका, जयविर गुरुड मनाड समाज यु.एस.ए निमा शेर्पा शेर्पा संघ अमेरिका, मुना राई, सदस्य युनाइटेड किरात राई अर्गनाईजेसन अमेरिका, कुलदीप राना मगर, मगर संघ अमेरिका, लाक्पा शेर्पा ढोक्प्या किदुग यु.एस.ए, धर्मेन्द्र गोपाली नेवा गुठी न्युयोर्क , केशब राम राई युनाइटेड किरात राई अर्गनाईजेसन अमेरिका न्युयोर्क च्याटर, गोमा योञ्जन तामाड सोसाईटी अफ नर्थ अमेरिका न्युयोर्क च्यापटर , सुन्दरी गुरुड नेपाल आदिबासी जनजाति महासंघ अमेरिाका न्युहम्सर च्यापटर, ग्याल्बो ठकुरी, नुपरी एशोशियसन अमेरिका, कर्म ग्याचो, युनाईटेड मुगुम अर्गनाईजेसन अफ अमेरिका, खगेन्द्र राई , किरात राई सोसाईटी अफ अमेरिका, भारती राई, किरात राई सोसाईटी अफ अमेरिका न्युयोर्क च्यापटर ,देब किरात राई, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका, क्यालिफोर्निय च्यापटर, सुमन पुन, मगर संघ अमेरिका न्युयोर्क च्यापटर, बिणु हिराचन, मार्फा थकाली समाज यु.एस.ए, डम्मरजंग गुरुड तमु परिवार न्युयोर्क रहेका छन । कलाकार संघको तर्फबाट सुमन बुडामगरलाई आमन्त्रित सदस्यको रुपमा राखेकेा विष्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *