२०८१ वैशाख ८ गते | 20th of April 2024

खुल्लामन्च छाडेर माइतीघरमा आमसभा गर्ने खालको भयो कांग्रेस : ओली

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १३ गते १०:५४

काठमान्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताउनुभएको छ । तत्कालिन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिले देखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघरमा दुई सय जना जती मान्छे अट्लान्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यती भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।”

माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “मण्डलामा आन्दोलन भएपछि त्यसको हो –हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न” प्रधानमन्त्री ओलीले भन्नुभयो “यहींबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ ।”

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ । ”

सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रपतवद्ध भएको प्रधानमन्त्रीको भनाइ छ । आगामी दुईबर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बनाइने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालीहरुले गौरवपूर्ण विवेकलाई कायम राख्न सकने पर्ने बताउनुभएको छ । “तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक बचाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सार्वभौमसत्तालाई कायम राख्दै सन्तुलित छिमेकीसाग सन्तुलित सम्बनध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *