1

आरसी गौरीराज जोशीलाई बेलायतमा ‘उत्कृष्ट उद्यमी’ अवार्ड

570 पटक पढिएको

लण्डन – गैरआवासीय नेपाली संघ (एनअारएन) अमेरिका संयोजक गौरीराज जोशी वर्षका उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् ।

बेलायतबाट संचालित नेपाल–ब्रिटेन डटकमको ११ औं वार्षिकोत्वसको अवसर पारेर उनलाई सो अवार्ड घोषणा गरिएको हो । जोशीलाई एनआएनको युरोप क्षेत्रीय वैठकको अवसर पारेर संघका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रुपमा सो अवार्डबाट सम्मान गरियो । नेपाल–ब्रिटेन डट कमले बेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली मध्यवाट जोशीलाई चयन गरेको थियो ।

जोशीलाई सम्मान गर्दै संरक्षक जीवा लामिछानेले जोशीलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । उनले भने ‘गौरीजीको पौरख मेरो आँखाले देखेको छु, सो अवार्डबाट सम्मान गर्ने गरेको निर्णय साँच्चिकै राम्रो हो’ । जोशी चितवनमा रहेको पुर्ख्याली जग्गा बेचेर उनी २१ वर्ष अघि पढाईको लागि अमेरिका पुगेका थिए ।

उनले सन् २००० मा टेक्ससको ड्यालसबाट इन्फरमेसन टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । आईटी क्षेत्रमा लोकप्रिय कम्पनी एटीएन्डटीमा जागिर सुरु गरेका जोशीले सन् २००७ मा व्यवसायीक गोरेटो तय गर्न सफल भएर भास्तिका नाम आईटी कम्पनी खोलेर आइटी बजारमा व्यवसाय सुरु गरेका थिए । अहिले भास्तिकामा करिब पाँच हजार व्यक्तिहरू कार्यरत छन् । अमेरिकन, युरोपियन, वंगलादेशी, अफ्रिकन, वंगलादेशी, श्रीलंकाली मात्र होइन अष्ट्रेलियन नागरिकहरुलाई उनले रोजगारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

काठमान्डौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र.. ...

अमेरिका - नेपाली कांग्रेसका नेता डा. रामशरण महत स-पत्नी अमेरिका भ्रमणमा आईपुगेका छन । उनको.. ...

सुरेश चाम्लिङ्ग/बोस्टन - अल्ट्रा धावक मिरा राईलाई अमेरिकाको बिभिन्न राज्यहरुमा सम्मान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...