२०८१ वैशाख ७ गते | 19th of April 2024

लस एन्जलसका एनआरएन उम्मेद्वारहरुद्दारा समुदायसँग अन्तरकृया

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते ५:१६

 लस एन्जलस – आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा लस एन्जलस क्षेत्रबाट बिभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका आकांक्षीहरु र स्थानिय समुदायसंगको अन्तर्कृया सम्पन्न भएको छ । यही में १६ मंगलवार बेलुकी नेपाल अमेरिका एकता समाजको कार्यालयमा सम्पन्न कार्यक्रममा लसएन्जलबासी र उम्मेदवारहरुको संयुक्त आयोजनामा आसन्न एनआरएन अमेरिका निर्वाचन र यससँग सम्बन्धित बिषयहरुमा साउदर्न क्यालिफोर्नियावासीहरुसंग उक्त कार्यक्रम सम्अन्न भएको छ ।
आ-आफ्ना उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरु, पत्रकार, बुद्धिजीवी, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र एनआरएन अमेरिकाका स्थानीय अग्रज अभियन्ताहरु बिच आगामी निर्वाचनमा कसरी अघी बढ्ने भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको हो ।
उम्मेद्वारी घोषणा गर्ने आकांक्षीहरु र समुदायसंग सल्लाह सुझाव लिने र समुदायको बिचमा सहकार्यता र घनिष्ठता क़ायम गर्ने मुख्य उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
स्थानिय समुदायसंगको छालफल र उम्मेद्वारहरु बिचको छलफलले सामाजिक घनिष्ठता तथा आफुहरुलाई थप प्रेरणा मिल्ने अनुभवहरु उम्मेदवारहरुले शेयर गरेका थिए । स्मरणीय छ, एनआरएन अमेरिकाको आगामी चुनावका लागि लस एन्जलसबाट उमा कार्की थापाले उपाध्यक्ष, टेक लामाले सचिब, ईन्दिरा त्रिपाठीले महिला संयोजक, कर्ण चन्दले सदस्य र रामबाबु पाण्डेले क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदका लागि आ-आफ्न उम्मेद्वारी घोषणा गरेका छन भने एनआरएन आईसीसी सदस्य पदका लागि बलराम थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

कार्यक्रममा सामुदायको तर्फबाट प्रतिनिधित्व गर्दै पुर्व एनआरएन आईसीसी सदस्य एवम एनआरएनका स्थानिय अग्रज अभियान्ता राजेन्द्र सिवाकोटीले सम्पुर्ण उम्मेदवारीहरुलाई अमेरिकाभरी राम्रो समन्वय र सहकार्य बढाउन अनुरोध गरे । ‘एनआरएनलाई सम्पुर्ण प्रवासी नेपालीहरुले चाहेजस्तो सबैको साझा मुल घर बनाउन स्थानिय उम्मेद्वारहरुले भूमिका खेल्न सकुन्’ सिवाकोटीले बताए ।
कार्यक्रममा सम्पूर्ण उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी र आगामी कार्यक्रमहरुका बारेमा आ-आफ्न बिचार प्रस्तुत गरेको थिए । कार्यक्रम डोल्मा लामा र सुर्य प्रसाईंले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *