२०८१ वैशाख ७ गते | 19th of April 2024

पौडीमा ज्यान गुमाएका शाही परिवारलाई ११ हजार डलर सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १६ गते ४:०४

लस एन्जलस – अमेरिका क्यालिफोर्निया राज्यको Orange Coast College, Costa Mesa लसएन्जल्समा अध्यनरत नेपाली विद्यार्थी अमीर शाहीको परिवारलाइ गोफण्ड मार्फत संकलन गरिएको ११ हजार ७ सय ५६ डलर १३ सेन्ट हस्तान्तरण गरिएको छ ।

नेपालमा सुर्खेत बिरेन्द्रनगरका शाहीको पौडी खेल्ने क्रममा पानीमा डुबेपछिअर्धचेत अबस्थामा Hoag Hospital, Newport Beach अस्पतालमा उपचारको क्रममा गत जुलाइ १३ मा निधन भएको थियो । उनको जुलाई १७ मा दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कार पछि उनका बाबु घर फर्कदै छन् । यस दुखद घडीमा उनको दाहसंस्कारको लागि ह्रदयदेखी नै सहयोग गर्नुहुने सहयोगी मनहरुलाई पनि परिवारको तर्फबाट हार्दिक धन्यबाद ज्ञापनका साथ सोमबार पशुपतिनाथ फ़ाउन्डेशनमा एक कार्यक्रमका साथ संकलित रकमको चेक मृतकको बावु छबिलाल शाहीलाई हस्तान्तरण गरियो ।

विशेष गरि गोफण्ड मा सहयोग जुटाउने अर्चना, मनिता गोपाल, प्रतिमा राणा र एनआरएन यूएसएका महिला संयोजक इन्दिरा त्रिपाठी र अन्य सहयोगीहरुलाई हार्दिक धन्यबाद दिदै कार्यक्रम समापन गरिएको थियो ।

एनआरएनएनसीसी अफ युएसएकी महिला संयोजक इन्दिरा त्रिपाठीले अभियानमा सहयोग गर्नुहुने व्यक्तिहरू, संघसंस्था हरुप्रति आभार प्रकट गरेकी छिन् ।
स्रोत : हिमालयखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *