२०८१ वैशाख १२ गते | 24th of April 2024

जापानमा गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १७ गते १७:४९

योकोहामा – जापान भ्रमणमा रहनु भएका साहित्यकार गोविन्द गिरी प्रेरणासँग कानागावा प्रीफेक्चार अन्तर्गत योकोहामा सिटीमा यही अगस्ट १ तारिक भेटघाट तथा एकल कविता वाचन कार्यक्रम आयोजना गरीयो । ।

परिचयात्मक कार्यक्रमवाट शुरू भएर प्रेरणाको एकल कविता वाचनमा कार्यक्रम टुँगिएको थियो । कानागावामा बसोबास गर्नु हुने नेपाली समुदायको अगुवाहरुको सहभागीता रहेको थियो । कार्यक्रम कानागावा नेपाली कम्युनिटीका अध्यक्ष समेत रहनु भएका युवा ब्यबसायी हरी सापकोटा ले खादा लगाइ साहित्यकार गोविन्द गिरी प्रेरणाको स्वागत गर्नु भएको थियो ।

अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माइलाले जापानको साहित्यिक गतिविधिको विषयमा वोल्नु भएको थियो ।साथै अनुवाद तथा लेखनको माध्यमले जापानी साहित्यलाई नेपाली भाषामा लगेर प्रेरणाले पुर्याउनु भएको योगदानको चर्चा गर्नु भयो ।

साहित्यकार गोविन्द गिरी प्रेरणाले आफु २ दशक अघिदेखि नै जापान आउन चाहे पनि यो वर्ष जुरेको भन्दै गत २०५औं भानु जयन्तीमा टोक्योमा विमोचित पुस्तक ‘लिभिङ्ग टुगेदर’ को रचनासँग जोडिएका प्रसँग सुनाउँदै डायस्पोरिक कविताहरू वाचन गर्नु भएको थियो ।

कार्यक्रममा कानागावा निवासी राजु कडेल, राजेन्द्र श्रेष्ठ, यमकान्त कन्डेल, ध्रुव थापा, पुस्प गैरे, भिश्म थापा, राम खड्का, बाबुराम निउरे तथा प्रदीप कार्की लगायत अनेसासका थुप्रै आजीवन सदस्यहरू तथा बिभिन्न सग सन्स्थाका प्रतीनिधि हरुको गर्बिलो उपस्थिती रहेको थियो ।
ध्रुवा थापाको स्वागत मन्तव्य रहेको कार्यक्रम रमाइलो रात्रिभोज सहित टुँगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *