२०८१ वैशाख ११ गते | 23rd of April 2024

भद्रगोल लगायत हास्य टेलिश्रृंखलाहरु बन्द

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १८ गते ८:४९

काठमान्डौं – नेपाल टेलिभिजनबाट प्रसारण भइरहेका हास्यटेलिसिरियलहरु बन्द भएका छन् । हास्य टेलिश्रृंखला भद्रगोल, मेरी बास्सै, जिरे खुर्सानी, ब्रैक फेल लगातका टेलिसिरियल बन्द भएका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको तितो सत्यभने केही समयअघि देखि नै बन्द थियो । मिडिया हबले यी कार्यक्रमहरुको उत्पादन गर्दै आएको थियो । तर नेपाल टेलिभिजनसँगको सम्झौता सकिएका कारण सिरियलहरु बन्द भएका हुन् ।

नेपाल टेलिभिजनसँग तीन वर्षको सम्झौता गरेको मिडिया हबको सम्झौता सकिएपछि हास्य श्रृंखलाहरु बन्द भएका छन् । उक्त समयमा नेपाल टेलिभिजनले अहिले पुराना डकुमेन्ट्रीहरु प्रसारण गरिरहेको छ । आठ बजेको समाचार पछि प्रसारण हुँदै आएका ति कार्यक्रम हटेपछि नेपाल टेलिभिजनले नयाँ टेन्डर आह्वान गरेको छ । मिडिया हवले एनटिभीको उक्त समयको मूल्य धेरै भएका कारण समस्यामा परेको जनाएको छ । उसले मूल्य घटाएमात्र उक्त समय खरिद गर्न आफूहरु तयार रहेको मिडिया हवले बताएको छ ।

बेलाबेलामा मिडियाहबले टेलिफिल्म उत्पादक कलाकारहरुलाई रकम नदिएको भन्दै विवादसमेत हुने गरेको थियो । तर अहिले उक्त समस्या भने समाधान भइसकेको छ । कलाकारहरु फिल्म निर्माणमा व्यस्त हुने गरेका कारण पनि टेलिभिजनमा सिरियल निर्माणमा चासो नदिएको कतिपयको आरोप छ । तितोसत्य टेलिफिल्ममा निर्माता निर्देशक दीपकराज गिरी र दिपाश्री निरौला फिल्म क्षेत्रमा प्रवेश गरेर राम्रो कमाइ गरिरहेका छन् । जसका कारण लामो समयदेखि बन्द रहेको तितोसत्य नामक टेलिफिल्म निर्माण हुन सकेको छैन ।

नेपाल टेलिभिजनसँग मिडिया हवको सम्झौता सकिएसँगै हास्य टेलिश्रृंखला भद्रगोलको टोली पनि फिल्म बनाउन जुटेको छ । उनीहरुले केहीसयम पहिला नै फिल्म बनाउने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *