२०८१ वैशाख १४ गते | 26th of April 2024

श्रीमानको अगाडि नायिका कविताले रुँदै निर्देशकको खुट्टा ढोगेपछि.. (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १८ गते ९:१३

काठमाडौं – ‘वोवी’ फिल्मका नायिका कविता थापा (गुरुङ)ले निर्देशक मिलन चाम्सको खुट्टा ढोगेकी छिन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा ढोगेकी हुन् । नायिक कविता र उनकै श्रीमान नयाक उमेश थापाको मुख्य भूमिका रहेको ‘वोवी’ फिल्मको सफलताको समिक्ष कार्यक्रममा कविताले निर्देशक चाम्सको खुट्टा ढोगेकी हुन् ।

उनले आफ्नो निधारले निर्देशकको खुट्टामै ढोगेकी छिन् । कविताले निर्देशक चाम्सको खुट्टा ढोगिरहँदा श्रीमान् उमेश पनि सँगै थिए । उनले मिलनलाई दाइ भन्दै निर्देशक चाम्सको खुट्टा ढोगेकी हुन् । उनले ‘मैले दाइको खुट्टा छुनु हुँदैन, या छुने चलन छैन, हाम्रो वोवी सफन नभए पनि मैले जे गर्छु भनेको थिए, म आज तेहि गर्छु’ भन्दै उनले निर्देशकको खुट्टा ढोगेकी हुन् ।

भिडियो :

निर्देशकको खुट्टा ढोगेपछि उनी भकानिएर रोइकी थिइन् । उनले रुँदै भनिन्, ‘यो फिल्ममा मेरो दाइ मेरो गुरु, मेरो भगवान् भएर आउनु भयो उहाँको खुट्टा छुनु भनेको मेरो लागि ठुलो कुरा हो ।’ यो फिल्म उमेश र कविताको वास्तविक प्रेम कहानीमा बनाइएको हो । र यो फिल्म प्रदर्शन भएको आजबाट चैथो हप्तामा प्रवेश गरेको छ । दुवै जना प्रोफेसनल कलाकार नभए पनि उनीहरूको अभिनय र प्रेमकथाले धेरैको मन छोएको छ । हलबाट दर्शक मात्रै रोएर निस्किएका छैनन् स्वयम् कलाकार पनि रुँदै निस्किएका छन् ।

कविताले निर्देशकको खुट्टा ढोगेर राम्रो गरिन् वा नराम्रो त्यो आफ्नै ठाउँमा छ । तर नेपाली समाज र हिन्दु संस्कार अनुसार दिदीबहिनीको खुट्टा ढोग्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *