काठमाडौं – नेदरल्याण्ड्स विरूद्द नेपालले १ रनको रोमाञ्चक जित निकालेको छ । योसँगै सिरीज एक-एकको बराबरी समेत भएकाे छ ।
एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको हाे । नेपालले नेदरल्याण्ड्सलाई एक रनले एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा हराएको हो । २१६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाएको छ ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् ।
कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।