२०८१ वैशाख १५ गते | 27th of April 2024

केही महिनामै मर्न सक्छु, जिन्दगीले मलाई धेरै मौका दिएको छ – इरफान खान

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १९ गते ११:१२

मुम्बई – लण्डनमा न्यूरो इन्डोक्राइन क्यान्सरको उपचार गराइरहेका इरफान खानले बिरामी भएपछि पहिलोपटक अन्तरवार्ता दिएका छन् । एसोसिएट प्रेसलाई दिएको अन्तरवार्तामा उनले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । इरफानले अन्तरवार्तामा आफ्नो आउँदै गरेको हलिउड फिल्म ‘पजल’को बारेमा पनि जानकारी दिएका छन् । यो फिल्म लस एन्जल्ससहित ११ शहरमा रिलिज हुँदेछ ।

अन्तरवार्तामा इरफानले भनेका छन् ‘कीमोको कूल ६ सेसनमध्ये चौथो सेसन पूरा भएको छ । ६ सेसन पूरा गरेपछि फेरि क्यान्सर स्क्यान गराउनुपर्छ । तेस्रो सेसनपछि स्क्यानको नतिजा पोजेटिभ आएको छ । यति हुँदाहुँदै पनि छैटौं सेसनको नतिजा हेर्नैपर्छ । त्यसपछि थाहा हुन्छ कि मेरो जिन्दगी कता जान्छ ।’

‘कुनै पनि मानिसको जीवनको कुनै ग्यारेन्टी छैन । मेरो दिमागले मलाई सधैं यही भन्छ कि मलाई यो रोग छ र म केही महिनामा, एक वा दुई वर्षमा मर्न सक्छु । या म आफ्नो दिमागबाट यो कुरा पूरै हटाएर त्यसरी बाँच्न सक्छु जसरी जिन्दगीले मलाई बाटो देखाउँछ । जिन्दगीले मलाई धेरै मौका दिइरहेको छ । म मान्छु कि चारैतिर अन्धकार भरिएको बाटोमा म हिँडिरहेको छु र म देख्न सक्दिन कि जिन्दगीले मलाई के दिइरहेको छ ।’

अन्तरवार्तामा इरफानले अगाडि भनेका छन् ‘म अहिले कुनै स्क्रिप्ट पढिरहेको छैन । साँच्चै भन्दा मसँग कुनै प्लान छैन । मरो जीवनको कुनै पूर्वानुमान छैन । म बिहान ब्रेकफास्टको लागि जान्छु त्यसपछि मसँग कुनै प्लान हुँदैन । चीजहरु मसँग जसरी आउँछन् म त्यसरी नै लिन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *