२०८१ वैशाख १३ गते | 25th of April 2024

बलात्कारपछि किन हत्या हुन्छ स्त्रीको ?

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १९ गते १९:५३

– लक्ष्मण सिटौला

सन्सारका प्राय: सबै देशहरुमा महिलाहरुका लागि विशेष सुरक्षा कानुन बनाइएको हुन्छ । महिलालाई बढी अधिकार , सम्मान , माया र सुरक्षीत बनाइएको हुन्छ । सदियौ देखी बेलायती शासन सत्तामा एलिजावेत र भिक्टोरियन ( महिला ) युगको शासन कायम रह्यो त्यसको प्रभाव युरोपेली मुलुकहरू देखि सन्सारका प्रसिद्ध देश अमेरिका क्यानडा अस्ट्रेलियामा समेत पर्यो र महिलाहरुको हितमा कानुनहरु निर्माण भए लागु पनि भए । बेलायती महारानीहरुले स्त्री जाति लाई उपल्लो स्थानमा राखेर हेरिनुपर्ने परम्परा निर्माण गरे र प्रभावित भए सन्सारका सबै शासक बर्ग । पुर्वीय परम्परामा पनि सामाजिक नैतिक धार्मिक दृस्ठिकोणले नारीलाइ आदि शक्तिको प्रतीकका रूपमा पुजियो ।

मनुस्मृतिमा मनु भन्छन- कुनै पनि ब्यक्तिको निम्ति गुरु पुजनीय हुन्छ। गुरु भन्दा बाबू सयगुणा पुजनीय हुन्छ। बाबू भन्दा आमा हजारौं गुणा अधिक पुजनीय हुन्छिन र आमा भन्दा पनि अझ धेरै पुजनीय हुन्छिन मातृभुमी । रामायण युगमा रामले पनि स्त्रीको सम्मान गरेका छन चाहे सीता बचाउमा होस वा मातृभुमिको सुरक्षाको लागि होस उन्ले बोलेका छन ” जननी जन्मभुम्सिच स्वार्गादपी गरियसी। शक्तिशालीनी, वा शक्तिकि प्रतीक महिला देवीकि रूपमा पुजिन्छिन। राम सग सीताको, शिव सग पार्वतीको,बिष्णु सग लक्ष्मीको ब्रह्मासग सरास्वतीको र कृष्ण सग राधाको जोडीलाई युगले मान्यता दिएको छ । महाभारतकि पात्र द्रौपती लाई मात्रै साझा भोग्याको रूपमा धार्मिक इतिहासले कलन्कको टीका लगाइदिने काम गर्यो ।

कविला युग देखि हाल सम्म पनि नारी पुजनीय हुदाहुदै किन तिनै नारी असुरक्षित छिन त? प्रस्न यहाँनीर उठछ ।

-नारी आफै कोमल भएकोमा होत?
-वा नारीभित्र दमित यौनले बाटो बिरायको होत ?
-नारीको कोमल गुलाफी मनमा पुरुष काडा मनले जितेको पो हो कि?
-पुरुष सग हार्नलाइ आफ्नो नारीत्वको गुण पो सम्झेकी हुनकी?
-नारी आफै म असुरक्षित छु भन्दिन , उ अरुलाइ भन्न लगाउछे
उ अर्कोलाई प्रयोग गर्छे
-उ जतिबेला सम्म रमाइलो महसुस गर्छे बोल्दिन पुरुष विरुद्ध
र जब मन मिल्दैन अनि त्यही पुरुष विरुद्ध उ आगो हुन्छे !
ओकल्छे बारुद, खनिन्छे, जगत बाल्छे किनकि उ भित्र माया भएको भए आफ्नै भ्रुणभित्र हुर्किरहेको छोरी रगतलाइ किन निचोरेर फाल्थी । मन मिलुन्जेल र सुबिधा पाउन्जेल प्रेम र सुबिधाहिन भएको भोलिपल्ट मलाई बलात्कार गर्यो भनेर त्यही महिला अदालतको ढोका ढकढक्याउनु जान्छे आखिर किन? आज समाजको सबै सम्पत्ति स्त्रीका नाउँमा छन । बेलुकी काम गरेर घरमा आएको पतिलाइ यो घरमा तेरो हक अधिकार छैन भनेर लात हानेर निकालिदिइन भने पुरुषको सडकमा बास हुनेछ । करिब नब्बे प्रतिशत महिलाका नाउँमा सम्पति राखिएका छन । राज्यले महिलाका नाउँमा सम्पत्ती पास गर्दा पचास प्रतिशत करमा छुट दिएको छ ।

बैदिककालाका बिहेमा बरको तर्फबाट बधुलाइ भनिएको हुन्थ्योकी – तिमी सासू ससुरा नन्द देवरको निम्ति संरक्षिका बन,पति पुत्रका कमाइ बाट रानी बन र सबै परिवारजनका लागि तिमी एस्वसी बन मालिक्नी बन। सबै जना तिमीले दिएको खानेछन र सबैको आशा र आस्थाको केन्द्रबिन्दु तिमी नै हुनेछौ। खोइत के काम गर्योर त्यो परम्पराले आज? मालिक्नी बनाइएका कतिपय स्त्रीहरु पतिको अनुपस्थितमा सारा सम्पती लिएर अर्को पुरुष सग गएका छन । पुरुषलाई स्त्रीले गाली गर्ने र स्त्रीलाइ पुरुषले शोषण गर्ने हो भने यो सृष्टि श्रृङखला कसरी परिचालन होला यो धरामा !

मध्ययुगिन बर्बर युगमा पनि नारी माथी जघन्य शोषण र अत्याचार हुदैनथ्यो । नेपालमा पनि १०४ बर्ष राणाहरुले राज्य गर्दा शहीद हुनेमा महिला परेनन । महिलाहरुले अपराध गरेपनी सजाय कम हुन्थ्यो । इतिहासमा राज्य सत्तामा पुगेका नेपाली महिलाहरुलाई राजमाताकै रूपमा पुजिन्थ्यो । राजमाता राजेन्द्र लक्ष्मीले शासनको नायबी भएर राज्य संचालन गर्दा गरेकी कयौं कर्तुतहरु क्षम्यशील भएको कुरा इतिहासमा जिवित छन ।

सीता सावित्री दमयिन्ती अरुन्धती अनुसूया जस्ता पतिब्रत्य नारीहरुको आगमन भएकै हो यो मर्त्यलोकमा । मनुले आफ्नो स्मृति ग्रन्थमा नारीले आफ्नो पतिको मृत्यु भएपछि अर्को लोग्ने सग बैवाहिक सम्बन्ध कायम गर्न हुँदैन भने । मनु आफै पुरुष हुन । पुरुष मनले लेखेको मनुस्मृतिमा स्त्रीजातिको बारेमा यति धेरै नियमनका कुराहरू छन कि जस्का कारण स्त्रीजातिको समग्र चारित्रीक उत्थानमा यस्ले काम गरेकै हो । स्त्रीले एक पुरुष सग आफ्नो समुल जिन्दगी भोग गर्नु भनेर लेखिएको छ । त्यो बेलाको आचारसंहिता कति श्रेष्ठकर थियो अहिले पनि त्यही नियम भएको भए शायद यो पृथ्वीमा एडस जस्तो बिनाशकारी रोगले करोडौं मानिस मृत्युको मुखमा पुग्दैनथे ।

स्त्रीजातीको बारेमा मार्क्सवादी धारणा भने अलिक फरक छ।सर्वहाराको वर्गसंघर्षमा स्त्री पवित्रताका कुरा ढोग मात्रै हुन तर । एउटा स्त्रीले सयौं पुरुष सग सम्बन्ध राख्न सक्छे त्यो उसको निजि कुरा हो र बैयक्तिक कुरा पनि हो । निजि कुरालाई मान्यता दिदैन मार्क्सवादी बिचारले । सन्सार सिमारहित हुनुपर्छ भन्ने शिद्दान्त परिकल्पना गर्ने मार्क्सवादी चिन्तनमा स्त्री अस्मिताको कुरात सामान्य नै हो तर पनि यहाँ लेनिन यसो भन्छन खराब कुवाको पानी को पिउन चाहन्छर सबैले शुद्ध कुवाको सुद्द पानीनै पिउन चाहन्छन । स्त्रीलाइ सुद्द कुवाको रुपमा मानेर शुद्ध जल प्राप्तिको अपेक्षा राख्छन लेनिन । धेरैले जुठो हालेको कुवा त असुद्द हुन्छ अनि त्यसबाट रोगब्याधी उत्पन्न हुन्छ त्यसैले स्त्री पनि सुद्द हुनुपर्छ भन्ने मान्यता राख्छ मार्क्सवादी शिद्दान्त पनि ।

सन्सारमा पुजीवादी परम्पराको उदय सगै महिलालाई हेर्ने दृस्ठिकोण बदलिदै गए । वैदिक युगमा कोहिपनी स्त्री वा पुरुष बेस्या नहुन । स्त्रीजातीले आफ्नो स्त्रीत्व धर्मप्रति सदा अडिग रहुन भन्ने थियो । तर तिनै पुरुषले महिला लाइ बेश्या र भोग्या बनायो । स्त्री बेश्या नभैदिए कसरी पुरुषले मनको आगो बुझाउनुर ? जहाँ पुरुष बेस्याबृत्त हुँदैनन त्याहा महिला पनि बेश्या हुन्नन । के पुजीवादी युग के सामाजवादी युग जुन युगमा धर्म हराउछ त्यो युगमा स्त्रीजातिको अपमान अपहरण निश्चित छ । मार्क्सवादी धारणामा स्त्री पुरुष बिचको बैबाहिक सम्बन्ध भनेको एकले अर्काको दासता स्विकार्नु हो । र सन्तान उत्पादनका लागि मात्रै त्यो सम्बन्ध सर्वस्वीकार्यता भएको हो ।
अहिले बिस्तारै यो धारणामा सत्यता भेटिन थालिएको छ । मानिस इच्छा निर्भय र स्वतन्त्र बाच्न पाउनको लागि हरपल तड्पिरहेकि हुन्छ ।

अहिलेका प्रायः सबै पुरुष पत्नी प्रती बेमान हुन्छन र अहिलेका प्राय सबै स्त्री आफ्नो पुरुष प्रती ईमानदार रहदैनन । यो भौतिकवादी युगमा नारीको पवित्रता र पुरुषको पुरुषार्थमा अल्मिलिएर बसिरहनु भनेको पछाडि परिनु हो । अहिलेत अगाडिको भागमा जे मिल्छ त्यो सदुपयोग गरिहालु र पछुताउनै परे पनि पछि बिस्तारै पछाउताउला भन्ने भावनाको बिकास भएको छ ।

बिस्तारै बैवाहिक पद्धतिहरु हटने छन । माया र प्रेम स्वार्थमा बदलिने छ । मानिसहरू बस्तुवादी हुँदै जानेछन । परिवार रहने छैन । सन्तान उत्पादन घटने छ । स्त्रीको संख्या ब्यापक घटने छ । महिलाहरु झनै शोषणमा पर्नेछन । कृतिम मानवको उपयोग हुनेछ। प्लास्टिकका यौनाङ बाट स्त्री पुरुषहरु यौन इछ्या पूरा गर्नेछन । आफ्नै अंग लाई मानिसहरू बिश्वास गर्नेछैनन । यहि लेखक हो जस्ले हन्कङमा मानिसहरूले प्लास्टिकको पन्जा लगाएर खाना खाएको देख्ने । रोबर्ट युगको प्रवेश सगै मानिस आफ्नो अस्तित्व अस्वीकार गर्दैछ । पुरुषको इछ्यामा स्त्रीहरुले जन्म पाउनेछन । महिलाहरु भ्रुणमै मारिन थालेका छन । स्त्रीले चाहन्न आफ्नो कोखमा छोरी होस । भ्रुणमै छोरी मार्ने यो समाज फेरि भन्दैछ नारीलाइ व्यापक सुरक्षा दिइएको छ , नारीलाइ समान अधिकार दिइएको छ, नारीलाई सम्मान गरिएको छ , नारीलाई हर अधिकार प्राप्तिका लागि कोटा नै निर्धारण गरिएको छ । नारीलाई जन्मन बाट नै बन्चित गरिरहेछ यो समाज र गर्छ फेरि नारी अधिकारका कुरा। अबत नारीले जन्मलिनु पनि ठुलो कुरा भैसक्यो । आफ्नो रगतलाइ भ्रुणमै मार्छे आमा र अब कसरी भनु म आमा नै यो जगतको सर्वोच्च पद हो भनेर !!

अब सन्तान प्राप्तिका लागि बिवाहा बन्धनमा बाधिनु आवश्यक छैन । अविवाहित महिला र पुरुष पनि बाबुआमा बन्न सक्छन । सडकमा हिडिरहेको एउटा पुरुष लाई महिलाले सोध्न सक्छे-

” मलाई तपाईंको बिर्य चाहिएको छ” दिनुहुन्छ?
“दिन्छु तर यस्को बदलामा मलाई कति पैसा दिनुहुन्छ “?
” मेरो रज, डिम्ब र तपाईंको बिर्य बिच क्रसम्याच भयो भने दस हजार”

अनि दुवै कुनै हस्पिटलको एकान्त बेडमा अलग अलग बस्नेछन । त्यहा सहमिलनको जरुरत छैन । दुवैले अन्ड र बिर्य अलगअलग निकाल्छन। सिसामा हाल्छन। क्रसम्याच हुन्छ।केटा दशहजार खल्तीमा हालेर बाटो तताउछ । अरुत परै जावोस तिनीहरू आ आफ्नो मोबाइल नम्बर पनि साटासाट गर्नु जरुरत देख्दैनन । बिर्य र डिम्बको मिलन कुनै हस्पिटलको प्रयोगशालाको बन्द सिसिमा हुने छ ।

समयले आमाको परिभाषा बदलिदिनेछ । समयले बाबुको परिचय बदलिदिनेछ । समयले नाता कुटुम्ब दिदीबहिनी दाजुभाइको सम्बन्ध बदलिदिनेछ । मातृकोख क्रमश जर्जर र बाझो रहनेछ । अबका सताब्दिहरुमा स्त्री र पुरुष बिच लहलहाउने प्रेमको फूल फुल्ने छैन। स्त्री पुरुष बिचको वासना मर्नेछ । सुगन्धहीन पलास लहराउनेछ प्रेम उम्रने मुटुमा । केवल स्वार्थमा क्रयबिक्रय हुनेछ यौवन । यौवनको ब्यापार हुनेछ । स्त्रीहरुलाइ पुरुषले नचाउनेछन । स्त्री अनुहार र यौवनको ब्यापार खुब फस्टाउने छ । जस्तो हुने गरेको छ हिजोआज हरेक दिन सहरमा शौन्दर्य प्रतियोगिता । नारी आफ्नै कारणले पनि भोग्या पात्रमा दरिन्छे । सुन्दरताको ब्यापारीले किनबेच गर्छन स्त्रीहरुलाइ । हुम्लाकी गरीब स्त्री त्यो सौन्दर्य प्रतियोगितामा जब समावेश हुन पाउदिन त्यहा नारीमा न्याय कस्ले गर्योर? के ती प्रतियोगितामा समावेशीता अप्नाएको छ होलार?

पश्चिमी सस्कारमा महिलाहरू स्वतन्त्र छन जति पुर्वीय सस्कारमा महिला धर्मसग, सस्कार सग ,परम्परा सग ,मर्यादा सग र असल सस्कृती सग आवद्ध छन । धर्म भनेको ढुंगाको पुजा फूलमाला धूप अविर बली आशा र आशीर्वाद सग मात्रै सम्बन्ध हुँदैन ।युग सगै धर्मको परिभाषा बदलिदै गएको छ । अहिलेको परिभाषामा धर्म सहयोग उपकार कल्याण ध्यान न्यास शुद्ध आचरण लोकोहित सग सम्बन्धित भएको छ । मनको स्वछता पवित्र बिचार र मानव कल्याण सग धर्म धर्मित हुनुपर्छ भन्ने मान्यता विकसित हुनुपर्ने हो । र नारी धर्मसग जोडीएकी छिन, नारी पवित्रता सग जोडीएकी छिन, नारी सम्बेदनशिलता सग जोडीएकी छिन , नारी आमा सग जोडिएकि छिन, र सदैव तिनको स्थान उच्च रहनुमा प्रकृतिले नै उन्लाइ आमा बन्न पाउनुको अधिकार सुम्पिदिएको छ । तर अबत बिज्ञानले एउटा पुरुषलाई पनि आमा बन्न सक्ने घोषणा गरिदिएको छ र कतिपय देशमा सहजै स्त्री पुरुष बनिदिन्छे र पुरुष स्त्री बनिदिन्छ यौनाङ परिवर्तन गरेर । हाम्रै देशमा पनि स्त्री बाट पुरुष र पुरुष बाट स्त्री बनेको उदाहरण थुप्रै भैसकेको छ ।

बिज्ञानले जतिसुकै प्रगति गरेपनी स्त्रीजातीलाइ जतिसुकै हक अधिकार आरक्षण सुरक्षा दिए पनि स्त्री यो सन्सारमा किन सदैव असुरक्षित रहे भन्ने प्रस्नको जवाफ कसैले दिन सकेको छैन आजसम्म ।

महाभारतकालीन युद्ध देखि ट्राेयको युद्दकाल सम्म स्त्री अपहरण र बलात्कारमा परे । देश देश बिचको युद्ध हुदा शासकले युद्धमा हारेको शासकको स्त्रीलाइ बन्धी बनाएर आफ्नो देशमा अभिहरण गरेर पत्नी बनाउथे । हजारौं युवतीहरू युद्धमा बलात्कृत हुन्छन इतिहासमा लेखिएका छन ।
अतिथि सत्कारका लागि आफ्नै श्रीमती एकरातका लागि सुम्पिने सस्कृती हिमाली भेगमा अझैसम्म पनि सुनिन्छन । दाजुको मृत्युु पछि भाउजू स्याहार्ने प्रथा अझैसम्म जिवित छ । फुपुको छोरी बैनीलाइ बिहे गर्ने चलन अझैसम्म जिवितछ हाम्रो समाजमा । अनि कति सुरक्षित बाचेका छन स्त्रीहरु यो खोजी र अनुसन्धानकै बिषय हुनसक्छ । स्त्री आफ्नै कारणलेपो होकि असुरक्षित भएकि? किनत सदैव नारी उपेक्षित ? कि यो सामाजिक हौवा हो त?मातृसत्तामा पनि नारीहरु सुरक्षीत थिएनन ।
पुरुष सत्तामा पचास प्रतिशत हक लिएर बाचेका महिलाहरू अझैसम्म किन असुरक्षित महसुस गर्छन ? किन पुरुषले नै महिलालाई अधिकार दिइरहनुपर्ने? के त्यस्तो पनि दिन आउलात पुरुषले महिलाबाट अधिकारको लागि बिनय गर्नुपर्ने ? युग परिवर्तन सगै माया र सम्बन्धका परिभाषाहरु परिवर्तन हुन्छन त्यो हासेर स्वीकार गर्नु भन्दा अर्को विकल्प छैन । भोलि कुनै पुरुष देख्दा स्त्री लजालु बन्नेछैन र दुवैको हिर्दयमा प्रेमको बदलामा स्वार्थको नाता स्थापित हुनेछ ।
र लेनदेनको नाता मात्रै जिवित रहने छ यो मर्त्यलोकमा ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *