२०८१ वैशाख १४ गते | 26th of April 2024

१२ लाख डलर संकलन गर्दै बाल्टिमोरमा महायज्ञ सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २२ गते १८:०७

बाल्टिमोर – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित सप्ताहव्यापी श्रीमदभागवत ज्ञान-महायज्ञको विधिवत समापन भएको छ । जुलाई २८ तारिख विहान शुभमुर्तमा कलाश यात्रा सँगै संचालन भएर दैनिक दिउसो २ बजे देखि ८ बजे सम्म भागवत वाचन भएर संचालन भएको थियो भने अगष्त ३ तारिख अन्तिम दिन भने विहान ११ बजे देखि नै भागवत वाचन शुरु भई साँझ केही अवेर सम्म कार्यक्रम संचालन भएको थियो ।

यस महायज्ञमा ख्याती प्राप्त वाचन शिरोमणी पण्डित स्व. नारायण पोखरेलका सुपुत्र वाचन प्रवीण दीनबन्धु पोखरेलबाट भागवत वाचनका साथ महायज्ञ संचालन गरेका थिए । उनको कलात्मक कथा वाचन प्रस्तुतीबाट भक्तजनहरु निकै मन्त्रमुग्ध बनेर सात दिन सम्म महायज्ञ स्थलमा कथा श्रवण गर्दा गच्छे अनुसार मनफुकाएर दान गरेका थिए । अझै समापनको दिन त निकै भक्तजनहरुहरुको उपस्थिती रहेको पाईयो र दानदाताहरु समेत अन्य दिनभन्दा बढी देखिन्थे । 
यसरी हेर्दा यो उत्साहपूर्ण सहभागिताबाट अब बाल्टिमोरमा व्यवस्थित मन्दिर र धार्मिक धाम निर्माणको अभियान सफल हुने ठुलो संभावना रहेको छ । मन्दिरको लागी जग्गा खरिदको शुरुवाती दिनमा दान गर्ने दाताहरु देखि महायज्ञमा दान गर्ने दाताहरु सम्म र आगामी दिनमा दान गर्न तयारी अवस्थामा बस्नु भएका संभावित दाताहरु सबैमा हार्दिक नमन छ । अहोरात्र खटिने स्वंसेवकहरु, आयोजकहरु र सबै नेपाली समुदायमा समेत हार्दिक नमन गर्दै सधै सधै नेपालीहरु बिच एकता र सौहार्दता कायम रहन सकोस् । आखिर सबै मिले सबै कुरा संभव हुन सक्छ भन्ने महान संदेश यस महायज्ञको संचालन र भक्तजनहरुको सहभागिताबाट प्रष्ट भएको छ ।
महायज्ञ अवधिमा नेपाली दुतावासबाट राजादुत डा. अर्जुन कार्की, महावाणिज्यदुत प्रेमराजा महत, अभियान्ताहरु डा. श्याम कार्की र कृष घिमिरेहरुको सहयोग, खटाई र अपार आत्मविश्वासले बाल्टिमोर महायज्ञ ऐतिहासिक रुपमा सम्पन्न भएको सबैले महशुस गरेका छन । 

वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल आनन्द धामको संरक्षक :

ऐतिहासिक बाल्टिमोर महापुराणको अन्तिम दिन हिन्दु तथा बुद्ध मन्दिर निर्माणको महान अभियानसंगै वाचनप्रवीण पण्डित श्री दीनबन्धु पोखरेल ज्युको कृपा र चाहनानुरुप यस मन्दिरलाई अबका दिनहरुमा आनन्द धामका रुपमा विकसित र परिमार्जित गर्दै सम्पुर्ण हिन्दु बौद्ध धर्मावलम्बीहरुको आस्था बिश्वासको केन्द्र बनाईने भएको छ । 
पन्डित पोखरेलको चाहना र निर्देशन बमोजिम यस हिन्दु बुद्ध मन्दिर/आनन्द धामको सम्मानित संरक्षकको गरिमामय भुमिकामा रहेर यसको अभिभावकत्व र संरक्षकत्व प्रदान गरिदिनुहोस् भन्ने यस मन्दिर निर्माणमा समर्पित स्वयंसेवकहरुको तर्फबाट अभियन्ता कृष घिमिरेले राख्नु भएको विशेष अनुरोधलाई सहर्ष स्वीकार गरि संरक्षकको गरिमामय जिम्मेवारीलाई ग्रहण गरिदिनु भएको छ । सम्पूर्ण बाल्टिमोर – मेरिल्याण्डवासी लगायत सम्पुर्ण नेपाली हिन्दु बौद्ध धर्मावलम्बी परिवारजनहरुको तर्फबाट संरक्षकत्व ग्रहण गरिदिनुभएकोमा लाखौंलाख बधाई, शुभकामना तथा हार्दिक आभार ब्यक्त गरिएको छ ।

नाम्लो ईभेन्ट्सद्वारा उपलब्ध अन्य फोटोहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *