२०८१ वैशाख १३ गते | 25th of April 2024

द एक्स ब्याण्डको बाल्टिमोरमा भब्य कन्सर्ट गर्ने तयारी

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २२ गते २३:५९

बाल्टिमोर – अमेरिकाको बाल्टिमोरमा द एक्स ब्याण्डको लाइभ प्रस्तुति हुने भएको छ । एक्स ब्याण्ड बाल्टिमोर आउने जानकारी पाएपछि यहाँका नेपाली दर्शक स्रोताहरुमा व्यापक खुशी छाएको छ । आयोजकहरुले कन्सर्टको सम्पूर्ण तयारी सकिएको बताएका छन् । अहिले टिकट धमाधम बिक्री भईरहेको राम कुँवरले बताए । “बिशेषगरी युवादर्शकहरुले धेरै सम्पर्क गर्नु भएको छ” आयोजक अर्का युवा राकेश श्रेष्ठले बताए ।

‘लुक्न देउ मलाई तिम्रो केशमा..’, ‘एउटा चिठीको साहरामा…’ र ‘ठाडो जाने उकाली’ जस्ता चर्चित गीतहरु बजारमा ल्याएको यो ब्याण्ड नेपालका नाम चलेका ब्याण्डहरुमध्येको एक हो ।

बाल्टिमोरको कार्यक्रममा ब्यान्डका तिनै जना कलाकार आउने भएका छन् । जसमा भोकलिष्ट शिब मुखिया, गितारिष्ट सजल राजभण्डारी, र ड्रमर सुरेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले बाल्टिमोरका नेपाली दर्शक स्रोता संगै लाइभ गीतहरु प्रस्तुत गर्ने छन् ।

बाल्टिमोरमा सोहि दिनदेखि ‘भेनिटी रुम अफ क्लब बाल्टिमोर’ बार एण्ड क्लब शुरुवात हुनेछ ।यसका संचालकहरुमा राम कुँवर, राकेश श्रेष्ठ र सनोड कुँवर रहेका छन् ।

द एक्स ब्याण्ड अहिलेसम्म अमेरिकाको टेक्सासका डालस, अष्टिन, र आर्भिनमा आफ्नो प्रस्तुति भव्यताका सम्पन्न गरिसकेको छ भने यही हप्ता बोष्टन र ह्यारिसबर्गमा आफ्नो प्रस्तुति गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *