२०८१ वैशाख १२ गते | 24th of April 2024

सामाजिक सन्जालमा रोनाल्डो पहिलो, नेयमार दोस्रो र मेस्सी तेस्रो

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २४ गते १०:५४

काठमाडौं – आइतबार मात्रै रसियामा जारी फिफा विश्वकप सम्पन्न भएको छ । विश्वकपको २१ औं संस्करणमा फ्रान्सले दोस्रो पटक उपाधि जितेको छ । १९९८ मा पहिलो उपाधि जितेको फ्रान्सले २० बर्षपछि अर्को उपाधि जितेको हो । विश्वकपको ज्वरो सकिए लगत्तै व्यवसायिक फुटबलको चर्चा सुरु भइसकेको छ । खेलाडी किनवेच हुने सरुवा बजार खुला भइरहेका छ र क्लबहरुले खेलाडी किनबेच सुरु गरिसकेका छन् ।

सरुवा बजार खुलेको केही समयमै रियल मड्रिडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ८८ मिलियन पाउण्डमा अनुबन्धित भइसकेका छन् । नेयमार, केलियन एमबाप्पे, इडेन हार्जा, ग्यारेथ बेल लगायतका स्टार खेलाडी सरुवाका समचारहरु पनि निरन्तर आइरहेका छन् । यति मात्रै होइन समर्थकलाई आफ्नो मन पर्ने खेलाडीका बारेमा निकै चासो हुने गर्छ । उनीहरुले खेलाडीबारे धेरैभन्दा धेरै जानकारी लिन सामाजिक सञ्जालमा फलो गरेका हुन्छन् । यहाँ समाजिक सञ्जालमा धेरै फोलोअर्स हुने पाँच खेलाडीका खेलाडीका बारेमा चर्चा गरिएको छ ।

कसका कती फलोअर्स ?

१. क्रिस्टियानो रोनाल्डो : हालै इटालियन क्लब युभेन्टस गएका रोनाल्डो विश्वका सबैभन्दा धेरै फलोअर्स हुने खेलाडी हुन् । उनलाई ३२२.८ मिलियनले समाजिक सञ्जालमा फलो गरेका छन् । उनलाई फेसबुकमा १२२ मिलियन, ट्वीटरमा ७३.४ मिलियन र इन्टाग्राममा १२७ मिलियनले फलो गरेका छन् ।

२. नेयमार : पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार नेयमार सामाजिक सञ्जाल धेरै फलोअर्स हुने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् । उनलाई १९४.२ ले फलो गरेका छन् । फेसबुकमा नेयमारलाई ६०.६ मिलियन, ट्वीटरमा ३९.८ र इन्टाग्राममा ९३.८ मिलियनले फलो गरेका छन् ।

३. लियोनल मेस्सी : बार्सिलोनाका स्टार मेस्सी यो सूचीको तेस्रो नम्बरमा छन् । समाजिक सञ्जालमा उनका फलोअर्स १८१.८ मिलियन फलोअर्स छन् । मेस्सीलाई फेसबुकमा ८९.६ मिलियन र इन्टाग्राममा ९२.३ मिलियनले फलो गरेका छन् ।

४. जेम्स रोड्रिग्वेज : यो सूचीको तेस्रो नम्बरमा बार्यन म्युनिखका स्टार जेम्स छन् । सामाजिक सञ्जालमा उनलाई ८६.६ मिलियनले फलो गरेका छन् । उनलाई फेसबुकमा ३२.७, ट्वीटरमा १७.१ र इन्टाग्राममा ३६.८ मिलियनले फलो गरेका छन् ।

५. आन्द्रेस इनिएस्टा : पाँचौ नम्बरमा रहेका बार्सिलोनाका पूर्व स्टार इनिएस्टाका ७३.४ मिलियन फलोअर्स छन् । उनलाई फेसबुकमा २७ मिलियन, ट्वीटरमा २३.३ र इन्टाग्राममा २३.१ मिलियनले फलो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *