२०८१ वैशाख ८ गते | 20th of April 2024

‘बामएकता गरेर कांग्रेसलाई समाप्त गर्न खोज्नु दिवा सपना मात्र हो’ -बालकृष्ण दाहाल

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २० गते १५:४३

काठमाडौं २० असोज । प्रतिनिधि सभाको सदस्यको लागि नेपाली कांग्रेस ओखलढुंगाबाट एक महिला सहित ७ जनाको नाम सिफारिस भएको छ । जिल्लाले सिफरिसको गरेको नाममा सहिद पुत्र बालकृष्ण दाहालको नाम अग्रपंक्तिमा परेका छन । गाउ नगर क्षेत्र जिल्ला तथा भातृ तथा शुभेच्छुक संस्था समेच दाहालको नाम अग्र पक्तिमा आएको छ । जसअनुसार नै जिल्लाले केन्दमा सिफारिस पठाएको छ ।
को हुन बालकृष्ण दाहाल
स्वार्थको राजनीतिलाई त्यागेर निष्ठाको राजनीति गर्दै आएका बालकृष्ण दाहाल जिल्लामा कार्यकर्ता समक्ष भिजेका नेताहरु मध्येका एक लोकप्रिय नेता हुन । दाहाल जिल्लाको विकास तथा कार्यकर्ताहरुको काममा निरन्तर बर्षोदेखि लागिपरेका छन । उनले विशेष गरेर सामाजिक, व्यक्तिगत तथा विकासका कामलाई प्राथमिकता दिदै आएका छन । तर, अपसोच जतिपनि दाहालले विकासका योजना जिल्लामा पार्छन त्यसको जस भने अरुले नै लिने गरेको पाइन्छ । आफुले गरेको कामको जस अरुले लिए पनि बालकृष्ण गुनासो गर्नुभन्दा सन्तुष्ट नै देखिन्छन । विकास र सेवाको लागि नै मेरो जन्म भएको हो भन्ने ठान्दछन । उनी भन्छन ‘समाजिक र विकास गर्नलाई
कुनै पनि पदको आवश्यकता पर्दैन ।’ हुनत उनी संविधानसभा सदस्यको लागि दुइपटकसम्म निर्वाचन लडे तर दुवै पटक जित्न सकेन दाहालले पहिलो निर्वाचन माओवादीले बुथकब्जा गरेका कारण चुनाव जित्न सकेनन भने दोश्रो संविधानसभा निर्वाचन २०७० मा पार्टी भित्रकै अन्तर्घातका कारणले निर्वाचन जित्न सकेनन । दाहालले निर्वाचन जितेका भए मन्त्रीसम्म बन्न सक्थे तर निर्वाचन हारेपनि जिल्लाको विकासका लागि नरन्तर लागिरहेका छन । अब आउने निर्वाचनमा पनि नेपाली कांग्रेसबाट आफुले टिकट पाउनेमा दाहाल विश्वस्त देखिन्छन ।

स्व गिरिजाका विश्वास पात्र थिए बालकृष्ण
नेपाली कांग्रेसका सभापति स्व गिरिजाप्रसाद कोइरालाको स्वकिय सचिव रहदा दाहालले नेपालको राजनीतिलाई राम्रोसंग बुझने मौका मात्र पाएनन, उनले माओवादी शान्ति प्रक्रियामा आउदा भएको १२ बुदे सहमतिमा महत्वपूर्ण भूमिका समेत निभाउन सफल भए । गिरिजाप्रसादका विश्वासपात्र भएका कारण बालकृष्ण दाहाल प्रचण्डसंग बार्ताका लागि कुरा मिलाउने देखि आन्तरिक व्यवस्थापन मिलाउने समेत जिम्मेवारी पाएका थिए ।

दाहालको राजनीतिक संघर्ष
दाहालको राजनीति पृष्ठभुमीलाई हेर्दा २०४६ सालको आन्दोलनमा उनी विद्यार्थी राजनीतिबाट संघर्ष गरेका थिए । त्यसबेला उनी विराटनगरको मोर्चामा सहभागी भएका थिए । त्यसबेला उनी पक्राउ समेत परेका थिए । त्यसका साथै दाहाल विभिन्न प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुने क्रममा २०६२÷६३ को जनआन्दोलनमा समेत सहभागी भइ विशेष भूमीका निभाएका थिए । त्यसबेला पनि गिरफतार भएका थिए । यसरी राजनीतिक संघर्ष गर्दै आएका दाहाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सदस्य, जिल्ला प्रवक्ता तथा कोषाध्यक्ष हुदै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत बन्दै आएका छन । डबल विषयमा डिग्री हासिल गरेका दाहालले विभिन्न पुस्तकहरु लेखन तथा सम्पादन गर्नुका साथै प्राध्यापन समेत गरेका छन । दाहाल अहिले ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधि तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय प्रवक्ता छन ।

पाँच बर्षको हुदै टुहुरो बन्न पुगे
दाहालको परिवार सहिद परिवार अन्तर्गत पर्दछ । २०३१ सालको काठमाडौं बम काण्डमा बालकृष्ण दाहालका बुबा लीलानाथ दाहालको पञ्चायत सरकारले काठमाडौको नख्खुमा गोली हानी हत्या गरेको थियो । त्यसबेला बालकृष्ण ५ बर्षका थिए । पाच बर्षको उमेरमा नै बालकृष्ण टुहुरा बन्न पुगे । जुनबेला पार्टीका शिर्षस्थ नेताहरु भारतको फारविसगन्ज लगायत भारत प्रवासमा थिए । फारविसगन्ज क्याम्पमा दाहाललाई लगियो र त्यही अध्ययन गराइएको थियो ।

बामएकता सकरात्मक
यसरी नेपालको राजनीतिलाई राम्रोसंग बुझेका दाहालले पछिल्लो समय कम्युष्टहरुमा भएको बामएकतालाई सकरात्मक रुपमा लिएका छन । उनी भन्छन ‘बाम एकता हुनु राम्रो कुरा हो । यो पहिले नै हुनु पर्दथ्यो ढिला भयो । धेरै पाटी हुनुभन्दा एउटा पार्टी हुनु राम्रो र सकरात्मक कुरा हो ।’ बाम एकता गरेर नेपाली कांग्रेसलाई सिध्याउने खेल भएको बजारमा आएको हल्लालाई दाहालले यसरी प्रतिक्रिया दिन्छन ‘हिजो राणा, राजा, पञ्जायत र माओवादीले समेत कांग्रेसलाई समाप्त पार्न खोजेकै हो तर कांग्रेस समाप्त नभएर झांगिएर गएको उदाहरण हामी सामु छ त्यसैले बामएकता गरेर कांग्रेसलाई समाप्त गर्न खोज्नु दिवा सपना मात्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *