२०८१ वैशाख ८ गते | 20th of April 2024

BDA CA को आयोजनामा लस एन्जलसमा ‘बिशेष रक्तदान’ कार्यक्रम गरिदैं

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ९ गते २१:११

‘BDA CA ब्लड डोनर्स अफ अमेरिका’ क्यालिफोर्नियाले ANS CA अमेरिका नेपाल सोसाइटी, क्यालिफोर्निया र लस एन्जलस गुरूङ्ग सोसाइटी सँग सहकार्य गरी “मेरो खेर जाने रगतले कसैको जीवन बँच्छ भने मैले रक्तदान किन नगर्ने ?” भन्ने मूल नाराका साथ आगामी अगष्ट ४ तारिक शुक्रवारका दिन “विशेष रक्तदान” कार्यक्रक्रम सम्पन्न गर्ने भएको छ ।

उक्त रक्तदान” कार्यक्रक्रममा समय निकालेर आफू र आफ्ना साथीहरू सहित सहभागी भई मानव जीवन रक्षा जस्तो पुण्य कार्यलाई सफल बनाउन आ-आफ्नो तर्फबाट सहयोग गरिदिन सम्पूर्ण सामाजिक सङ्घ संस्था र तिनका प्रतिनिधिहरू , सामाजिक अभियन्ताहरु र समाजका सदस्यहरूमा आयोजकका तर्फबाट हार्दिक अनुरोध पनि गरिएको छ ।

यो कार्यक्रम सम्पन्न भए पश्चात् निकट भविष्यमा क्यालिफोर्नियाका अन्य विभिन्न सहरहरूमा पनि स्थानीय अन्य सामाजिक सङ्घ संस्थाहरुसँग सहकार्य गरी रक्तदान शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको कुरा संयोजक श्री एकदेव शर्माले जानकारी गराएका छन् ।

Drive Details:
Site: Valley Hindu Temple
Address: 18700 Roscoe Blvd, Northridge, CA, 91324
Date: Fri Aug 4, 2017
Time: 12:30 PM – 07:00 PM

रक्तदान गर्न चाहनुहुने महानुभावहरुले सँगैको लिन्क क्लिक गरेर खुल्ने नयाँ पेजमा गै फर्म भरी सिधै रजिस्टर गर्नुहुन हार्दिक अनुरोध गरिएको छ ।
https://www.eventbrite.com/e/blood-drive-donate-blood-registration-36430817556?utm_term=eventurl_text

Leave a Reply

Your email address will not be published. Required fields are marked *