२०८१ वैशाख १४ गते | 26th of April 2024

सम्पर्कविहीन भनिएका गण्डकीका सांसद चरक मेमोरियल हस्पिटलको आइसियुमा उपचारमा ,सांसदलाई सरकारले बन्दी बनाएको कांग्रेसकाे आरोप

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १५ गते १५:२३

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा सांसदलाई सरकारले बन्दी बनाएको आरोप लगाएका छन् । गण्डकी प्रदेशमा जनमोर्चाका सांसद खिम बिक्रम शाही सम्पर्कविहीन भएपछि प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव नै असफल हुने देखिएकाे छ । तर, सम्पर्कविहीन भनिएका सांसद चरक मेमोरियल हस्पिटलको  आइसियुमा उपचारमा रहेको खुलेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले ट्विटरमा प्रश्न गरेका छन्, “स्वस्थ तन्द्रुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ?” गण्डकी प्रदेश सभाको विशेष अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्। राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाही अज्ञात भएको र सदनमा उपस्थित हुन नसक्दासम्म संसद बैठक स्थगित गर्न माग गरेको भन्दै पोखरेलले अधिवेसन स्थगित गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *