२०८१ वैशाख १३ गते | 25th of April 2024

‘श्रमिक आन्दोलनमा गिरिजाको महत्वपूर्ण योगदान’- पूर्वराष्ट्रपति डा यादव

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ७ गते १७:३३

 

काठमाडौं ७ साउन । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका छन्।

गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज आयोजना गरेको ‘स्वास्थ्य शिविर’को शुभारम्भ गर्दै पूर्व राष्ट्रपति डा यादवले गिरिजाबाबु प्रधानमन्त्री भएको बेला देशका विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना भएको बताए।

“गिरिजाबाबु जनताले सहजरुपमा स्वास्थ्य सुविधा पाओस् भन्ने व्यक्ति हुनुहुन्थ्यो,”–डा यादवले भने। उनले मुलुकको परिवर्तनमा श्रमिक आन्दोलनको ठूलो भूमिका रहेको बताउँदै श्रमिक आन्दोलनमा कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे। डा यादवले भने,–“विस २००३ मा लोकतान्त्रिक आन्दोलनमा सहयोग पुर्‍याउन कोइरालाले विराटनगर जुट मिलमा श्रमिकको नेतृत्व गर्नुभएको थियो ।”

प्रतिष्ठानका अध्यक्ष एवम् सांसद पुस्कर आचार्यले मजदुर आन्दोलनका कारण देशमा परिवर्तन भएको भन्दै मजदुरको समस्यालाई राज्यले बेवास्ता गर्न नहुने बताए।

स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले देश विकासका लागि उद्योग धन्दा आवश्यक र उद्योग सञ्चालनका लागि मजदुरको आवश्यकता रहेकाले मजजुरलाई स्वस्थ्य राख्न स्वास्थ्य शिविर आवश्यक रहेको बताए।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले मजदुरलाई स्वास्थ्य उपचारको कुरा महत्वपूर्ण भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

प्रतिष्ठानका अध्यक्ष शिशिरकुमार झाले मजदुरको हक र हितका लागि गिरिजाबाबुको ठूलो योगदान रहेको भन्दै उनको निधन हुनुअघि नै उनको नाममा प्रतिष्ठान स्थापना गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *