२०८१ वैशाख ७ गते | 19th of April 2024

भारतीय धर्मगुरु बलात्कारी ठहरिएपछि तनाव, २८ को मृत्यु, २५० घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ९ गते १६:५१

भदौ ९, । एजेन्सी । बाबा राम रहिमलाई सीबीआई अदालतले यौन शोषण मामिलामा दोषी ठहर गरेको छ । १५ वर्षअघि पेश गरिएको एक गुमनाम पत्रमाथि सुनुवाई गर्दै शुक्रबार दोषी ठहराएको हो । सामाजिक अध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहको छवि सामाजिक अभियन्ता, अध्यात्मिक नेता, कलाकार, गायक र निर्देशकका रुपमा प्रख्यात छ।

विशेष अदालतले १५ वर्षअघिको पत्रका आधारमा रहिमलाई दोषी ठहर गरेको हो। यस घटनामा दोषी ठहर भएका रहिममाथिको सजाय आगामी सोमबार मात्रै तोकिनेछ। सन् २००१ मा बाबा रहिमकै एक महिला अनुयायी ९साधिका०ले आफूमाथि बाबाले यौनदुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। महिलाले आफुमाथि सन् १९९९ मा दुर्व्यवहार भएको विषय पत्रमा लेखेकी थिइन्। उनले डेरा सौदा प्रमुख तथा गुरु बाबा रहिमले अन्य साधिकाहरुमाथि समेत यौन दुर्व्यवहार गर्ने गरेको आरोप पत्रमार्फत लगाएकी थिइन्।

तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई लेखिएको यस पत्रको एउटा कपी पन्जाव तथा हरियाणा उच्च अदालतमा समेत पठाइएको थियो। पत्रमा उनले आफ्नो नाम गोप्य राखेकी थिइन्। पञ्जाव तथा हरियाणा उच्च अदालतको निर्देशनमा सन् २००२ मा सीबीआईले यस पत्रमाथि कारबाही सुरु गरेको थियो। सन् २००२ वर्ष बाबा रहिममाथि पत्रकार राम चन्दर चत्रापतिको हत्या आरोप लागेको यो। बाबले यी दुबै आरोप अस्विकार गर्दै आएका थिए। चत्रापतिले बाबाको नेतृत्वमा रहेको डेरा सचा सौदाका विषयमा विभिन्न आलोचात्मक लेखहरु लेखेका थिए। उनले डेरा सचा सौदाका म्यानेजर रन्जित सिंहको हत्याका विषयमा पनि लेखेका थिए।

१२ वर्षपछि एकैपटक सन् २०१४ मा बाबाले यस विषयमा मुख खोलेका थिए। उनले आफु यौन सम्पर्क राख्नका लागि सक्षम नभएको भन्दै यौन दुर्व्यव्हारको आरोप झुठो भएको दाबी गरेका थिए। भारतभर छरिएका बाबाका झन्डै ५ करोड अनुयायीले उनीमाथि लागेका आरोप झुठो रहेको दाबी गर्दै आएका छन्। अहिले यौन दुर्व्यवहार आरोपमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो। यौन दुर्व्यवहारमा उनले कति समय जेल सजाय काट्नुपर्छ भन्ने विषयमा २८ अगस्ट अर्थात सोमबार फैसला सार्वजनिक हुनेछ। छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *