२०८१ वैशाख ८ गते | 20th of April 2024

उपत्यकाव्यापी हस्तलेखन प्रतियोगिता सुरु, प्रथम हुनेलाई १ लाख २४ हजार पुरस्कार

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ११ गते १७:४७

उपत्यकाव्यापी खुल्ला अन्तर विद्यालय हस्तलेखन प्रतियोगीता अन्तर्गता सम्पन्न भएको छ । वालवाटिका डटकमको आयोजनामा भदौ ९ गतेदेखि शुरु प्रतियोगिता पहिलो चरणमा टोखा र बुढानिलकण्ठ नगरपालिकामा सम्पन्न भएको हो । टोखाको कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका महासचिव राजेन्द« बानिया तथा बुढानिलकण्ठको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

टोखा नगरपालिकाबाट प्रतियोगीतामा सहभागी विद्यार्थीहरुको प्रतिष्पर्धा हेराल्ड कलेज बसुन्धरा तथा बुढानिलकण्ठ नगरपालिकाबाट प्रतियोगीतामा सहभागी विद्यार्थीहरुको प्रतिष्पर्धा हिमालय स्कुल बुढानिलकण्ठमा सम्पन्न भएको हो । दुवै नगरपालिकाबाट प्रतियोगितामा सहभागी करिव ६ सय विद्यार्थी मध्येबाट उत्कृष्ठ ६० जना प्रतियोगीताको फाइनलमा प्रवेश गरेका छन । तारकेश्वर र नागार्जुन नगरपालिकाबाट सहभागी विद्यार्थीहरुले यहि १३ गते पहिलो चरणको प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्दैछन ।


त्यसैगरि भदौ१५ गते चन्दगीरी र किर्तिपुर नगरपालिका, १७ गते भक्तपुर जिल्ला, १९ गते ललीतपुर जिल्ला, २० गते काठमाण्डौ महानगरपालिका, २१ गते गोकरर्णेश्वर नगरपालिकामा कार्यक्रम हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा काठमाण्डौ, ललीतपुर र भक्तपुर जिल्लामा कक्षा ३ देखि १० सम्म अध्ययनरत करिव ४००० भन्दा बढी विद्यार्थीको सहभागीता रहको छ । प्रतियोगीताका विजेताहरुले एक लाख २४ हजार नगद पुरस्कार सहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन ।

विद्यार्थीको मूल्याङ्कनका निमित्त लिइने परीक्षाको माध्यम नै लेखन भएकोले सुन्दर हस्तलेखनको कला हरेक विद्यार्थीमा हुनै पर्ने भएकाले विद्यार्थीहरुलाई सुन्दर हस्तलेखनको महत्ववारे जानकारी दिन तथा सुन्दर हस्तलेनको वातावरण निर्माण गर्न प्रतियोगीताको आयोजना गरिएको प्रतियोगीताका निर्देशक हरीश डिसीले जानकारी दिए ।

 

वालवाटिका डटकमले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गराउने उदेश्यका साथ यो कार्यक्रमबाट औपचारिक रुपमा प्रतिभा पहिचानको अभियान शुरु गरेको इभेन्ट डायरेक्टर हरिश डिसीले जानकारी दिए । देशका कुना कन्धरामा छरिएर रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन तथा विद्यार्थीहरुको व्यक्तित्व विकासकालागि नियमीत रुपमा विभिन्न किसिमका कम्पीटीटीभ इभेन्टहरुको आयोजना गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *