२०८१ वैशाख ७ गते | 19th of April 2024

निर्देशक आशिक राइको दसैं गीत युटुवमा भाइरल

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २८ गते १७:२०

नेपालीहरुको महान पर्व वडा दशै नजिकै आउदैछ । दसैमा विदेशीयका दाजुभाइहरु पनि घर फर्कने भएकाले सबैको घरघरमा रमाइलो र हर्षोल्लास छाउने गरेको छ । यही प्रसंगमा बहुमुखी प्रतिभाका धनी व्यक्ति अझ भनौ कुशल निर्देशक पूर्ण राज राई (आशिक) स्वरमा सजिएको दसै आयो बोलको गीत यतिबेला युटयुवमा भाइरल बनेको छ । आशिक राई आफैमा कुसल कलाकार तथा निर्देशक हुन त्यसमाथि पनि उनैले स्वर भरेको यो गीत यतिबेला युटयुवमा भाइरला बनेको हो ।

त्यसो त यस गीतमा स्वरमा भुवन प्रकास विरहीले पनि साथ दिएका छन । मिठो स्वरका धनी भुवनको स्वरले यो गीतमा सुनमा सुगन्ध मिसाइदिएको छ । त्यसका साथै राज क्षितिज र निता मगरको स्वरले गीतको आकर्षण नै बदलिदिएको छ । साच्चै भन्नुु पर्दा यो गीत पूर्ण राज राई (आशिक) र भुवन प्रकाश विरहीको संयुक्त प्रस्तुती हो ।

 

दशैंको मौषम सुरुभएसँगै बजारमा आएको यो म्युजिक भिडियोको चर्चा चुलिन थालेको छ । यस गीतमा शब्द र संगीत आशिक राईको रहेको छ । गीतमा भुवन प्रकाश विरही, राज क्षितिज र निता मगरको स्वर छ । म्युजिक भिडियोमा राज क्षितिज, रमेश केसी, नारायण श्रेष्ठ, आरती ठकुरी, सावित्रा बस्नेत, लक्ष्मण चौलागाइको अभिनय रहेको छ । अर्जुन पोखरेलको सम्पादन, विजय लामाको छायाँकन रहेको उक्त गीतलाई आकर्ष र फुलबुट्ठा भर्दै आशिक राइले निर्देशन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *