२०८१ वैशाख १३ गते | 25th of April 2024

तीन दिनकालागि बोलाइएको माओवादी बैठक पाँच दिनमा पनि सकिएन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ६ गते १६:२७

 

काठमाडौं ६ साउन । सोमबारदेखि सुरु भएको माओवादी केन्द्रको विस्तारित बैठक शुक्रबार पनि टुंगिएन । तिन दिनका लागि भनेर बैठक बोलाइएको थियो तर, पाँचौ
दिन शुक्रबार पनि नसकिएपछि शनिबारसम्म बैठक लम्बिएको प्रवक्ता पम्फा भुसालले बताएकी छन । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको मौखिक प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। शुक्रबारको बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल, अमिक शेरचन, मणि थापा, टोपबहादुर रायमाझी र टंक राईले आफ्ना धारणा प्रस्तुत गरे।
पाँच दिनसम्म सचिवालय सदस्य र जिल्ला इन्चार्जहरूले गरेको रिपोर्टिङको आधारमा शनिबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले लिखित निर्णय प्रस्तुत गर्ने प्रवक्ता भुसालले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *