२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

टेलिसिरियल ल्याप्चेका एकसय भाग पुरा, सयभाग पुगेको अवसरमा विशेष कार्यक्रम

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २० गते १५:१८

काठमाडौंको बागबजारस्थित एक रेष्टुरेष्टमा टेलिसिरियल ल्याप्चेका सम्पूर्ण कलाकारहरु भेटिए । यसो हेर्दा कलाकारहरु एक आपसमा रमाइला हस्यौली ठटेउली गरिरहेका थिए । झट्ट हेर्दा सुटिङ जस्तै पनि देखिन्थ्यो त कसैको जन्म दिन हो कि जस्तो पनि देखिन्थ्यो । तर त्यहा कुनै सुटिङ पनि थिएन र कसैको जन्म दिन पनि थिएन । त्यहा त केवल एनटीभी प्लसबाट हरेक हप्ताको शनिबार प्रशारण हुदै आएको हास्य टेलिसिरियल ल्याप्चेको एक सय भाग पुरा गरेको अवसरमा उत्सव कार्यक्रमको आयोजना गरिएको थियो । टेलिसिरियलले आफनो प्रशारणको एक सय भाग सफलताकासाथा पार गरेको अवसरमा आयोजित शो कार्यक्रममा केक समेत काटिएको थियो ।
कार्यक्रममा कलाकारहरुले हास्यव्यङ्ग्य र आफना सयभाग सम्म पुग्दाका कथाव्यथाहरु सुनाइरहेका थिए । सोही कार्यक्रममा बोल्दै टेलिसिरियलका निर्माता मित्र तामाङले यस टेलिसिरियलको सुरुवातीमा निकै मेहनतका साथ काम गर्नु परेको इतिहास सुनाए । निकै दुःख र मेहनतका साथ टेलिसिरियललाई अगाडि बढाइएको स्मरण गर्दै आज एक सय भागमा पुरा गर्दा निकै खुसी लागेको बताए । उनले टेलिसिरियलले हसाउनेमात्र नभएर समाजमा सहि सन्देश प्रवाह गर्नुका साथै विभिन्न दैवी विपत्ति आइपरेका बेला विभिन्न सहयोग जुटाउदै आएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै देवशाही ठकुरीले यस सिरियलले समाजमा भएका विकृति र विसंगतीलाई चिरफार गर्ने उद्धेश्य रहेको बताए । त्यसका साथै विपत्तिको बेला मानवीय सहयोग जुटाउदै आएको समेत बताए । यस टेलिसिरियल आफैमा आर्थिक रुपमा कमजोर भएको कसैको सहयोग प्राप्त नभएको बताए । आर्थिक रुपमा कमजोर भएपनि दुःख पीडाहरु खुल्ला मनले सहयोग गर्दै आएको उनले बताए ।
कार्यक्रममा सञ्चारकर्मी भीम राइले यस टेलिसिरियल सयौ भागमा आइपुग्न त्यति सहज नभएको बताउदै सय भागमा आइपुग्न विभिन्न दुःख पीडा र संघर्षहरु जोडिएको बताए । आज एक सय पुरा गरेको भन्दा पनि यस टेलिसिरियलका देखाइने कथा तथा विषयबस्तुमाथि समिक्षा गर्नुपर्ने बताए । समाजिक विषयबस्तु भएका कारण दर्शकहरुको रोजाइमा यो टेलिसिरियल परेको राइले बताए । त्यसैगरी अर्की सञ्चारकर्मी गंगा लामाले टुलिसिरियल दुइचार भाग चलाउन सहज होला तर एक भागसम्म पुराउन निकै गाहा्रे हुने बताइन । उनले यस चलचित्रले सामाजिक क्षेत्रमा समेत काम गर्न सफल भएको बताइन ।


यो टेलिसिरियलले २०७२ साल भदौ २० गतेबाट प्रशारण सुरु गरेको थियो । भूकम्प नाकाबन्दीमा पनि आफनो प्रशारण बन्द नगरी निरन्तर अगाडि बढदै आएको यो टेलिसिरियलले दर्शकहरुलाई मनोरञ्जनमात्र नभइ विभिन्न समाजिक कार्यसमेत गर्दै आएको छ । यसले भूकम्प पीडित, अनाथ तथा बाढी पीडितलाई राहत सहयोग गर्दै आएको छ । यस अधि गत साउन २७ गते आएको अविरल बर्षा र त्यसपछि आएको बाढीले तराइका विभिन्न जिल्ला डुबानमा परेका थिए । सोही बेला यस टेलिसिरियलको टोलीले मोरङको उर्लाबारीकाक बाढी पीडितहरुलाई करिब २ लाख बराबरको जिन्सी सामाग्री वितरण गरेको थियो । ल्याप्चे टेलिसिरियलले आफनो उत्सव मनाइरहदा पनि गोरखाको स्वारा गाउमा रहेको देष्टिविहीन बालबच्चाहरुका लागि सहयोग हस्तान्तरण गरिएको थियो ।
यस्तो छ टीम यस टेलिसिरियलमा कथा दिलिप तामाङ, निर्माता मित्रलाल तामाङ, छायाँकन मरुभूमी नारायण, निर्देशन लक्ष्मण लम्साल र टिकाराम आले, कलाकारहरुमा रोहीत कार्की, दिलीप तामाङ, देवबहादुर शाही, हेमा शाही, देवी आले, लक्ष्मण चौलागाई, राजकुमार श्रेष्ठ, विदेशी कलाकार एलिना हार्डियम रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']