बाढीका कारण म्याग्दीमा १५ घरधुरी उच्च जोखिममा

63 पटक पढिएको

 

काठमाडौं २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङमा म्याग्दी खोलाको बाढीका कारण विद्यालयसहितको क्षेत्र जोखिममा परेको छ। गएराती खोलामा एक्कासी पानीको बहाव बढेपछि जनप्रिय माविको भवन, खेलकुद मैदानका साथै नजिकैको बजारक्षेत्र पनि कटान भैरहेको जानकारी प्राप्त भएको छ ।
बुधबार दिउँसोदेखि भैरहेको वर्षाको कारण राती करिब ९ बजेतिर एक्कासी खोलामा पानीको बाहव बढेपछि दरवाङ कटानको चपेटामा परेको हो। नदीमा अझै बहाव बढिरहेकोले थप क्षति हुनसक्ने भन्दै स्थानीयवासीले तत्काल नै तटबन्ध लगायत रक्षात्मक पूर्वाधार तयार गर्न माग गरेका छन्। दरवाङ र देविस्थानको फेदी आसपासका क्षेत्रमा नदी साँघुरिएर बगेको कारण बढी क्षति हुने गरेको छ।

साथै  पहिरोका कारण सवारीसाधनहरु पूर्ण रुपमा रोकिएका छन् भने पैदलमार्ग समेत हिड्नै नसक्ने गरि पुरिएको छ। मंगला गाउँपालिका वडा नं। ५ अर्मनको हाँडेभीरमा म्याग्दी खोलाले एक घर भत्काएको छ। पटक–पटक नदीले कटान हुने गरेको उक्त स्थानमा गएराति पानीको बहाव अत्याधिक बढेपछि स्थानीय हरिप्रसाद पौडेलको घर भत्किएको हो। म्याग्दी खोलाकै कटानका कारण अर्मनकै किमचौरमा पहिरोले १५ घरधुरी उच्च जोखिममा परेको मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोकाले जानकारी दिए।

तपाईको प्रतिक्रिया

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate