२०८१ वैशाख १४ गते | 26th of April 2024

नेविसंघ अध्यक्ष नैनसिंहका कारण ओखलढुंगा कांग्रेसलाइ संकट

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २४ गते ८:५५

काठमाडौं २४ कात्र्तिक । नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरका कारण ओखलढुंगाको नेपाली कांग्रेसमा संकट पैदा भएको छ । अध्यक्ष महरका कारण नेपाली कांग्रेस ओखलढुंगाले निर्वाचन हार्ने संकेत देखिएको विद्यार्थी नेता तथा कार्यकर्ताहरुले बताएका छन ।
नेपाली कांग्रेस ओखलढुंगा प्रदेश न क मा उम्मेदवार मित्रसेन दाहाल चुनावी मैदानमा गाउगाउमा पुगिरहरदा विद्यार्थी नेता तथा महाधिवेशन प्रतिनिधि लिला बल्दव दाहाल –काका) भने राजधानीमा नै छन । उनी चुनावी प्रसारप्रसारमा गएका छैनन । उनी गाउमा नजानुको कारण अरु केही नभएर नेविसंघ अध्यक्ष नैन सिंह महर नै हुन ।

कांग्रेसले ओखलढुंगा जिल्लाको प्रदेश क मा टिकट दिने क्रममा आफुले पाएको टिकट फिर्ता गरी मित्रसेन दाहाललाई दिएपछि असन्तुष्ट बनेका लिला बल्दव दाहाललाई नेविसंघको महामन्त्री बनाउने सर्त भएको थियो । महामन्त्री वा उपाध्यक्ष मध्ये एकमा लिला बल्दव दाहालललाई राख्ने पार्टी सभापति शेरबहादुर देउवासंग समेत सहमती भइसकेको थियो । अहिले दाहाललाई नत महामन्त्री बनाइएको छ । नत उपाध्यक्ष नै बनाइएको छ । कुनै पदमा नराखी नेविसंघ अध्यक्ष सम्पर्क विहिन ्हुनाले यतिबेला दाहाल सहित ओखलढुंगाका युवा पुस्ता राजधानीमा नै बसेका छन ।

यता नेविसंघ अध्यक्ष महर भने दाहाललाई पदमा राख्नुपर्छ भनेर भागीभागी हिडेको श्रोतको दावी छ । गाउ पुगेका युवा पुस्ताहरु पनि काठमाडौं फर्केर आएको जानकारी प्राप्त भएको छ । युवा पुस्ताहरुका ढुकढुसकी बनेका लिला बल्दव दाहाल (काका) लाई उधारो पद दिएर अल्मलाउन खोजेपछि युवा पुस्ताहरु चुनावी अभियानमा हिडेका छैनन । जसका कारण ओखलढुंगामा काग्रेसका उम्मेदवार मित्रसेन दाहाल र रामहरी खतिवडाको प्रचार प्रसारमा हिडने युवाहरुको अभाव खड्किएको छ । लिला विना जिल्लामा युवाहरुको सहभागिता असम्भव भएको कुरा उम्मेदवार मित्रसेन दाहाल र रामहरी खतिवडाले समेत महसुस गरिसकेको अवस्था छ ।

युवा पुस्ता जिल्ला नजादा बामगठबन्धको पंहुच बढदै गएको छ । यसरी नेविसंघका अध्यक्षका कारण ओखलढुंगाको कांग्रेसमा प्रभाव पर्दा भोली कांग्रेसले हारेको खण्डमा यसको जवाफ र जिम्मेवारी नैनसिंह महरले लिनु पर्ने युवाहरुको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *