२०८१ वैशाख ७ गते | 19th of April 2024

समझदारी तोडिए जुनसुकै चुनौतीको सामना गर्न तयार छु – रामबाबु पाण्डे, एनआरएन क्यालिफोर्निया च्याप्टर अध्यक्षका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १४ गते १८:५९

सुदिप पन्त, लसएन्जलस । एनआरएन अमेरिकाको यही जुलाईको तेश्रो हप्तातिर हुन लागेको निर्वाचनमा क्यालिफोर्निया लसएन्जलस निवासी रामबाबु पाण्डेले च्याप्टर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै तिब्ररुपले प्रचार अभियानमा होमिएका छन ।

लामो समय देखी लसएन्जलसलाई कर्म थलो बनाएर ब्यबसाय गरिरहेका पाण्डे अत्यन्त सोझा, ईमान्दार र सहयोगी भावना भएका ब्यक्तीको रुपमा परिचित छन । एनआरएन, क्यालिफोर्निया च्याप्टरको बर्तमान उपाध्यक्ष समेत रहेका पाण्डे लसएन्जलसमा रहेका प्राय सबै संघसस्थामा सकृयरुपले कृयाशिल रहदै आएका छन ।

नेपाली समुदायमा हुने गरेका हरेक कार्यक्रमहरुमा सहयोगीको रुपमा अग्रपंक्तिमा रहने पाण्डेलाई सबै क्षेत्र, बर्ग, राजनैतीक पार्टीमा आस्थावान ब्यक्तीहरुले मन पराउने गरेका छन । उनी राजनीति भन्दा पनि बढी सामाजिक रुपले नेपाली समाजलाई उन्नत बनाउन लाग्ने स्वाभवका कारण पनि धेरैले मन पराउने गरेको स्थानिय अगुवा नबिन पोख्रेल बताउछन ।

पाण्डेले आउँदै गरेको निर्वाचनमा आफुले क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा उठ्ने घोषणा गरेको हुँदा सबै क्यालिफोर्नियाबासीहरुलाई सहयोगको लागि अनुरोध गर्दै एनआरएन अमेरिका सबैको पहुचको सस्था बनाएर सबैको मन जित्ने गरी नेपाली समाजको उन्नतीको लागि कृयाशिल भएर लाग्ने प्रण ब्यक्त गर्दछन । स्थानिय संघ संस्थाहरु श्री पशुपतिनाथ फाउन्डेसन, नेपाल अमेरिका एकता समाज, अन्तरराष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टर, एएनएस क्यालिफोर्निया लगायत अन्य सस्थाहरुको जिम्मेवार पदमा बसेर काम गरेका पाण्डे मिलनसार र सबैसँग छिटो घुलमिल गर्न सक्ने स्वाभावका ब्यक्तीको रुपमा चिनिन्छन ।

प्रबासमा बसेका नेपालीहरु स्वदेशमा जस्तै जातिय, राजनैतीक एवम भाषागत बर्गिकरणमा बिभाजित नभएर नेपाली र नेपालीपनको मालामा गासिएर ब्यापक नेपाली समाजलाई बलियो बनाएर अमेरिकाको राजनैतीक, सामाजिक र आर्थिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिती बनाउनुपर्छ भन्ने धारणा राख्ने पाण्डे एनआरएन अमेरिकालाई सबै नेपालीहरुको साझा सस्था बनाउन सक्दो मेहनत गर्ने प्रतिज्ञा गर्दछन।

स्मरणिय छ, बिगतमा सन्फ्रान्सिस्क्को र लसएन्जलसका अगुवाहरु मिलेर सहमतीमा च्याप्टर अध्यक्ष पद सन्फ्रान्सिस्क्कोलाई दिएकोमा यो पल्ट लसएन्जलसबासी नेपालीहरुले सो पद सर्बसम्मतीमा पाउनुपर्ने दावी गरेका छन । परदेशमा लुछाचुंडी भन्दा लस एन्जलसले एकता र समझदारी सिकाएकोले हिजो भएको भद्र सहमती, सहकार्य र विश्वाशको रेखा तोडिए आफु प्रजातान्त्रीक ढंगले चुनावमा जान तयार मात्र होईन जुनसुकै प्रतिकुलताको सामना गर्न तयार रहेको पाण्डे बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *