२०८१ वैशाख ७ गते | 19th of April 2024

रेखा थापा राप्रपाको सहमहामन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २९ गते ३:५५

काठमाडौं २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी भएसंगै अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित भएकी छिन । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन ।थापाले शनिवार नै सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र बुझेकी छिन । कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ । थापाले कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई टुंगो दिइनसकेको स्रोतले जनाएको छ । प्रत्यक्षतर्फको चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको स्रोतले बतायो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *