२०८१ वैशाख ११ गते | 23rd of April 2024

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, कोसंग कसले खेल्दैछ ?

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ३० गते १६:५३

काठमाडौं, ३० असार । १८ वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल संगठन साफले प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग असोज ३ गते खेल्नेछ । त्यस्तै असोज ७ गते माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ । भुटानमा हुने पहिलो खेलमा असोज २ गते भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल रहेको समूहमा माल्दिभ्स र श्रीलंका छन् । त्यस्तै समूह एमा भारत, बंगलादेश र भुटान छन् । दुबै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *