२०८१ वैशाख १४ गते | 26th of April 2024

कल्पना खरेलको तीज गीत लण्डनबाट सार्बजनिक (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २९ गते ४:०८

काठमाडौं २९ साउन । हरितालिका तिज आउन अब एक हप्ता बाँकी हुदा पनि तिजका गीतहरु आउने क्रम जारी छ । ३ महिना अघि देखि गीतहरु आउन थालेका हुन । निकै ढिला गरेर कल्पना खरेलले ‘यसपालिको तीजमा’ बोलको गीत बजारमा ल्याएकी हुन । गीतमा सुमधुर स्वरकी धनी गायिका रिता केसीको स्वर रहेको छ । गायिका रितालाई साथ दिएकी छन चन्द्रकला प्रसाईले ।

मनोहर सुनुवारको संगीत रहेको उक्तमा विशेष गरेर दिदी बहिनीको कथालाई समावेश गरिएको छ । विदेशमा रहेकी दिदीले नेपालमा भएकी बहिनीलाई भेटन नपाएको पीडा र यसपालिको तीज विदेशमा नै मनाउ भनेर यतै आउ भन्ने खालका शब्दहरु यस गीतमा समावेश गरिएको छ ।
निकै राम्रो शब्द संमायोजन भएको यो गीत सर्वोकृष्ट गीतको रुपमा लिन सकिन्छ । सोही गीतको म्युजिक भिडियो युटयुवमा सार्वजनिक भएको छ । दिनेश माङ्मु लिम्बु को कोरियोग्राफमा सोम कुस्कुमाझीले निदेशन गरेको उक्त गीतमा सञ्चार कर्मी कमल फुयाँलले सह निर्देशन गरेका छन । गीतलाई आकर्षक तरिकाले छायाँकन तथा सम्पादन एकान्त मगरले गरेका छन ।

गीतको म्युजिक भिडियोमा शोभा, कुसुम, निशा, सरिता, गंगा, मनिषा, सीता भण्डारी लगायतले अभिनय गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *