राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

49 पटक पढिएको

 

काठमाडौँ, १९ साउन । संरक्षकभूषण बज्राचार्य, प्रेरणा कोइराला, सम्यकभूषण र रायना शाह प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आज भएको खेलमा आआफ्नो स्पर्धामा च्याम्पियन बनेका संरक्षकले यु–१८ ब्वाइज सिंगल्स, प्रेरणा यु–१४ गल्र्स सिंगल्स, सम्यकले यु–१४ ब्वाइज सिंगल्स तथा रायनाले यु–१२ गल्र्स सिंगल्समा च्याम्पियन बनेका हुन् ।

यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा संरक्षकले निनवाम राईलाई ६–० र ६–० ले सहजै पराजित गरे । चार खेलाडी सहभागी उक्त स्पर्धामा संरक्षक सबै तीन प्रतिद्वन्द्वीलाई हराउन सफल भए । सो स्पर्धामा प्रणव खनालले साम्राज्ञ कटवाललाई ६–० र ६–० को सीधा सेटमा हराउँदै दोस्रो भए । उनले दुई खेलमा जित हात पारे । एक खेलमा विजयी साम्राज्ञ तेस्रो भए ।

यु–१४ गल्र्स सिंगल्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई सिधा सेटमा ६–३ र ६–३ ले पाखा लगाइन् । प्रतिद्वन्द्वी आदित सुवेदीबाट फाइनलमा वाक ओभर पाएपछि सम्यकलाई भने उपाधि जित्न गाह्रो भएन । यु–१२ गल्र्स सिंगल्समा च्याम्पियन बनेकी रायनाले ईशाश्रीको चुनौती ६–४ र ६–० ले समाप्त पारिन् ।

तपाईको प्रतिक्रिया

समानुपातिकमा माओवादी केन्द्र अगाडि

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ.. ...

काँग्रेस पराजित हुनुको कारण यस्तो छ

काठमाडौँ, २६ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा.. ...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate