२०८१ वैशाख १४ गते | 26th of April 2024

राष्ट्रवादी युवा संघमा २०५ जना प्रवेश

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २८ गते ७:४१

काठमाडौं २८ साउन । विभिन्न पार्टी परित्याग गरी २०५ जनाले राष्ट्र«वादी युवा संघमा प्रवेश गरेका छन । शनिबार काठमाडौंमा भएको एक विशेष कार्यक्रममा कांग्रेसबाट ६० एमालेबाट ८० र राप्रपाबाट ६५ जना प्रवेश गरेको राष्ट्र«वादी युवा संघमा महासचिव मोहन सापकोटाले बताए ।
कार्यक्रमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० का केन्द्रीय उपाध्यक्ष तारा लुइटेल र महामन्त्री श्याम तिमिल्सिनाको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष लुइटेलले युवाहरुको विषयमा विचार व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै महामन्त्री श्याम तिमल्सिनाले नेपालमा हिन्दु राष्ट्र कायम गरी राजसंस्था पुर्नस्थापनाको लागि सशक्त आन्दोलन गर्ने तयारी भएको जानकारी दिए । सापकोटाले भदौको तेश्रो हप्ताबाट युवाहरुलाई सडकमा उतार्ने समेत बताए ।

राष्ट्रवादी युवा संघ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी को अभिन्न अंगको रुपमा रहेर राजसस्था र हिन्दु राष्ट्र«को लागि संघर्ष गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *