२०७८ मंसिर ११ गते | 27th of November 2021

श्रीमती, कम्प्युटर र सौता

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १८ गते ६:५०

गोकुल ढकाल

अर्थतन्त्रको गिर्दो अवस्थाले ज्यादै गांजेको छ, अमेरिकालाई । जि एम सि, रेडियो स्याक जस्ता कुनै बेला संसारको सबैभन्दा ठुला कम्पनीहरु डुबेका छन भने अमेरिकी सरकारले फुर्ती लगाए पनि दिनानुदिन बेरोजगारीहरुको संख्या क्रमश; बढ्दो छ । रेस्टुरेन्ट चलाऊने एक्जना नेपाली साथी भन्नुहुन्छ, ‘पहिले ग्राहकहरु मेनु हेरी थपी-थपी खान्थे । अहिले एउटा नान (रोटी) र तरकारी चार जनाले बाडेर खान्छन, चुडी-चुडिकन ।’ बफेट लगाउने रेस्टुरेन्टमा आउने ग्राहकहरु पहिले भन्दा बढी खाना प्लेटमा हाल्ने अनि बढी भएको चाँही प्याक गरी “डिनर” को लागि लैजाने बाठाहरु बढ्न थालेका छन रे । त्यसो त अर्थतन्त्र बिग्रिए पछी सबै कुरो बिग्रदो रहेछ । खल्ती बिग्रदो रहेछ । गाडी बिग्रदो रहेछ । भोक र तिर्खा बिग्रदो रहेछ त बानी बिग्रदो रहेछ । हुनुपर्ने रफ्तारमा काम नभएपछी, नचलेपछी मन बिग्रेर प्यालाको साहारा लिन पुग्दो रहेछ, मनुवा । गर्ने काम केही छैन, भएको पनि तुरुन्तै खत्तम अनि मान्छे ज्यादै फुर्सदिलो । फूर्सदिहरुको औषधी, पढ्नेहरुलाई किताब त नपढ्नेहरुलाई प्याला ।

हुन पनि हो । गाउंमा आमा बुवासंगै कोदाली खानेको बानी । पढ्न पनि राजनीति शास्त्र पढियो । त्यो शास्त्र पढियो, जुन शास्त्र आफ्नै मूलुकको लागी अभिशाप शास्त्र भयो । उ बेला हटमेल खोल्ने भन्दा कम्प्युटरमा केही जानिएन । बल्ल बल्ल सिकेको ब्लग लेख्ने तरिका त जसो तसो चलेको थियो । तर फेसबूक भन्ने जन्तु ! त्यो, त्यो फेसबूक हो कि “फेकबूक” हो पनि थिच्या-थिच्यै गरेको, जानेको र सिकेको सामान्-बस्तुहरु थप्दै गा’को । एकदिन बिहान आफुले राखेको “टाइटलको” कमेन्ट हेर्न खोलेको त – फेसबूक खाता बन्द रे । गयो, सबै गयो । बाबुराम भट्टराई देखी लिएर, प्रचन्ड सम्म । मिनेन्द्र रिजाल देखी गिरिजा सम्म । गच्छेदार देखी उपेन्द्र सम्म । गणेश शाह देखी ज्ञानेन्द्र शाह सम्म कताबाट, यताउतिबाट जोडीएका सारा नाम स्वाहा । बाबुराम भट्टराईले त चर्चित भएर अनि बदनाम गराउला भनेर आँफै बन्द गराए रे, पि ए लाई भन्न लगाएर । तर म जाबो न चर्चित, म मामुलीलाइ कसको बदनाम ? मेरो न पि ए, न कम्प्युटरमा बि ए न बि कम । बन्द गर्देछन । मैले के नै पो बिराएको थिएर प्रभु । बिगार्नु भन्दा पनि दु:खाएको थिए होला, श्रीमतिको मन । धेरै बेर कम्प्युटरमा बसेर । छोराको पढाईतिर ध्यान नदिएर । त्यो बाहेक केही गल्ती गरेको जस्तो लागेन ।

जानी नजानी लेखिएका केही लेखनहरु, जिन्दगीको चौबाटोमा देखिने देखनहरुलाई, यसो यताउतिका पानाहरुमा टासोको रुपमा प्रेशित गरेपश्चात, मिले नमिलेको चिन्ताले होला । कहिले दौतरी त कहिले चौतारीका पोस्टहरु हेर्ने मन र रहरले हत्त न पत्त नजानेपनी कम्प्युटर वा फोनमा हात पुग्दो रहेछ, बासस्थान पुगेपछी जुत्ताको तुनो खोलु भन्दा पहिले नै । श्रीमान आए, दिनभरिका दु:ख या सुखका गाथा बेलिबिस्तार लाउलान । भोक लाग्यो कि, भएको अनि चुलोमा पाकेको खाजा खालान । के गर्यौ आज, बाबुले के खायो ? सामानहरु केही सिद्धिएको छ कि भनी सोध्लान ! तर, यि यस्ता कुराहरुलाई गलहत्याएर प्याला र ब्लग खोज्दै आँफैले पोस्ट गरेका मालहरुको लाईक र कमेन्ट खोज्दै माउस समाएपछी हिजो श्रीमतिले भनिन, ‘फेसबूकमा तस्बिर खोजाउने, कलेजका साथीको बाहाना पारेर इनबक्समा नानाभातीका लन्ठ्यान्ङ -मन्ठ्याङ गर्ने, ब्लगमा प्रेम-पत्र लेखाउने, चलाएको भनिएको अनलाईनमा मरेको प्रेमको पोस्ट गर्ने र ट्विटर् र इण्ट्स्ग्राममा गोपनियता भन्डारण गराउने यी गाई फोन र तिम्रा कम्प्युटर मेरा “सौता” हुन । म भएं – नाजबाफ । होइन गांठे भनेर उुनीसंगै प्रतिवाद गरौं भने, भन्न भाको छैन बाबै, सबै सांचो हो । फेसबूक हराएपनि, श्वास्नी कराएपनि आफुलाई अर्कै बनाएर नयाँ खाता खोलिनु । त्यसभित्र ‘हराएकी कोही’ सदैब खोज्दै जानु त खोजिरहनु । ब्लगमा प्रेमका भुतपुर्ब कथाक्रमहरु लिपिबद्द गरिरहनु । मेरो संसार र तेरो संसार, सेतोपाटी र हरियोपाटी, कान्तिपुर र भक्तपुर, खुल्लामन्च र रत्नपार्क, उहांको आंगन र हजुरको आंगनहरु माउसले हिर्काइ-हिर्काइ खोज्दा-खोजिरहदा न प्यालाको प्यास मेटिदो रहेछ । न समय टक्क अडिदोरहेछ त न कहीं – कतै केही भेटिदो रहेछ । खोज्दा खोज्दा चामल र तिहुन चिसिएपछी किन नहोस् त यो निर्जिब कम्प्युटर र मोबाईल श्रीमतीजीको सौता ?

केही बर्ष पहिले हेर्दा हेर्दै माइकल ज्याक्सन मरे । हलिवूडको भयंकर डाँडै उनको रहेछ । खतरा भन्छ नि, हाम्रो भाषामा, उनको खतरा अलिशान भबन । चारै तर्फ हरियाली । हरियालीको बिचमा हेलिप्याड । उनी त यो धर्तिबाट गए । तर, त्यसबेला भोकले आवाज निकाल्न नसक्ने अमेरिकीहरु उनको देहबसानमा धुरुधुरु रोए । भएभरका अमेरिकी टेलिभिजनहरुमा माइकल भन्दा अरु कुनै खबरै थिएनन, कहिले हलिउडको डांडांबाट त कहिले लस एन्जलसबाट । मान्छे मरेपछि झन मान्छेहरुले बढी श्रद्धा गर्दारहेछन । अरुण थापा मरेपछी सम्मानित भए । उनी जिउंदो हुँदा जिन्दगीको निराशाले बागबजारमा बिख पिउने अवस्थामा पुग्दा ती बेसाहारालाई सम्झाउने कोही भएनन । बिचरा मरे र स्टेजमा उनका गीतहरु कपी हुन थाले, उनको सम्मानमा उनका गीतहरु संकलित मात्र होइन, रिमिक्सिकन थाले ।

शैलाजा मरेको भन्दा खुराफाती मन्त्राणी भएको बढी चर्चा गर्छ, मेरो देश । कुख्यातीहरुले गरेको ख्याती बहिनीको हत्यामा मौन हुन्छ, मेरो देश । काकीहरुलाई रत्नपार्कमा नाङ्गै घुमाउदा पेट मिचि-मिची हांस्छ, मेरो देश । कलाकारबाट माओ नाच गर्दै रा.प्र.पामा चुनिने रेखाहरु जित्दा फेसबूकमा लाखौंं शेयर गर्छ, मेरो देश । जोवन गुजार्न बारीको तरकारी थुम्सेमा हालेर पूल तरेकी तरकारीवालीले मोडलिङ्ग गर्दा हांस्छ, मेरो देश ।

गगनहरु बोल्दा खोला सुसाउंदैन, गच्छदार, सि के राउत, दाहाल र नेपालहरु बोल्दा गगन थर्कन्छ, मेरो देशको । ५५ किलो सुन ईम्पोर्ट गर्ने तस्करहरुको बचावट हुन्छ, देशमा । बर्षामा सडक खनिन्छ, गर्मीमा राजनैतीक क्रान्तीको लागि तयार बाल्न भनिन्छ, देशमा । त्यसैले त मन पोल्छ । बासस्थानमा पुग्नेबित्तिकै यी पिडाहरु सधैं श्रीमतीसित बिसाउनु भन्दा कुनामा कोचारिराखेको “खोयाबिर्के”को सहाराले कम्पयुटरमा र थच्किन बोर लागेपछी फोनमा जता मन लाग्यो, त्यतै माउसले घोच्न मन लाग्छ । औलाले थिच्न मन लाग्छ ।

थिच्दा थिच्दा बिचरा माउस थाक्छ, यो मन पाक्छ । यसो कोट्ट्यायो, सात समुन्द्र पारीको यो परदेशमा एउटा नेपालीले अर्को नेपालीको खिल्ली उडाईरहेको हुन्छ । बदनामीको जुन हदसम्म हिजो कोही थियो, त्यसैको परिवारिक गफलाई आधार मानेर ब्यक्तिको पारिवारिक जीवन तहसनहस बनाउने ‘ब्रेकिङ्ङ न्युज’ छ भनेर ‘लाईक’ बढाउंछ । कसैले पानी पिओस कि आगो निलोस, ढिडो खाओस कि लोटरी पाओस, कसैको ब्यक्तिगत जीवनमा धावा बोलिन्छ र ‘पेशामा पपुलर’ छु भन्ने देखाइन्छ । बिचरा बबुराहरु, अनाहकको हल्लालाई पत्याउंछन, त्यसैको भनाईलाई स्रोत मान्छन र कमेन्ट गर्छन् । तर, हावा कुराले कसैको जिन्दगी कसरी नाईलनको डोरीसम्म पुर्याउंछ, हेक्का राख्दैनन । सकरात्मक सोचका लागि सदुपयोग हुने सामाजिक संजालहरु सपना बोकेर परदेशिएका आफु समानकाहरुको बेईज्जती र खिलाफका लागि प्रायिजोत भएका खबरहरु भेट्छन त थिच्दा थिच्दा मेरी बुढीको यी सौताका अंगहरु पनि थिल्थिलो भइसके । तब लाग्छ, भो, आजलाई नथिचुम । थिल्थिलाएर पनि पग्रिने के हो र ? जब की यहाँं एनआरएन चुनावअको नाउंमा सयौं ‘बेनामे आईडीहरुको बोलवाला छ, र तिनै फेक आईडीहरुले उम्मेद्वारसंग हजारौं लिएर चुनावअको क्याम्पेनिङ्ङ शुरु गरेका छन । यत्तिकै नथिचुम भो । एउटा निर्जिब बस्तुलाई माया गर्दा त सौता सम्झने श्रीमतीहरु, यो जमानाको मोबाईलमा थिचेर साँढेंका झर्नेवाला केही छैनन । श्रीमती, निर्जिव कम्पुटर नै जीवनसंगिनीका सौताहरु ।

gokulvivas@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *